०६२/०६३ को वसन्त क्रान्तिले संविधानसभाको निर्वाचन र एउटा राजालाई फालेर नयाँ राजाहरु स्थापित गर्ने बाहेक केहि पनि उपलब्धि हाँसिल गरेन।
नयाँ संविधान बनाउन खडा गरिएको संविधानसभाको भूमिका आफ्नै आयू लम्बाउने मात्र सिमित भएको छ। दुई पटक यसको म्याद थपिसकिएको छ। अहिले फेरी पनि संविधानसभाको म्याद सक्किन आँटेको छ। म्याद थप्नु र गुज्रनुको अहिले चलेको चक्र निकट भविष्यमा अन्त्य हुने कुनै छाँटकाँट परपर सम्म देखिएको छैन। नयाँ संविधानका बारेमा देखिएको अन्योल केहि समय लम्बिने पक्का छ। हुनत, सर्वोच्च अदालतका अनुसार संविधानसभाको म्याद अब तीन महिनाभन्दा बढाउन पाइने छैन। तर यो तपसिलको कुरा मात्र हो। नेपालका नेताहरुले राजनैतिक निर्णय भनेर संविधानसभाको म्याद अनन्त कालसम्म बढाउने पक्का छ। देशमा शान्ति र विकासका नाममा वर्षौंदेखि झगाडा गर्दै आएका दलहरु संविधानसभाको म्याद बढाउने सवालमा खै कसरी हो एउटै डुङ्गामा अटाइ-नअटाइ पनि मज्जाले यात्रा गर्न सक्छन्!
वितेको समयलाई फर्केर हेर्दा र अहिले देखिएको परिस्थितिलाई मुल्याङ्ग गर्दा के थाहा पाउन सकिन्छ भने 'ठूला' दलका 'ठूला' नेताहरु नै संविधान नबन्ने परिस्थिति आउनमा लागि मुख्य रुपमा दोषी छन्। बाह्यशक्तिले पनि आफ्नो खेल खेले होलान् तर मूख्य जिम्मेवार नेपालका राजनीतिक दलहरु नै हुन्। कसैले तर्क गर्ला- राजनीति मुख्यत: सत्ताको खेल हो; जे-जेस्तो भए पनि राजनीतिमा कुर्सी नै प्रमुख हुन्छ। तर कहिले सम्म ?
पछिल्लो समयमा त, ठूला दलका 'यूवा' नेताहरुले पनि आफ्नै दलका ठूला नेताहरुलाई अहमको राजनीति गरेको र उनीहरुको समेत आफुँहरुको पनि राजनैतिक भविष्य डामाडोल पारेको आरोप लगाइरहेका छन्। यूवाहरु के सम्म भन्छन् भने उनीहरुको हातमा देशको बागडोर राखिदिएमा दलको र वादको सिमालाई मिचेरै उनीहरुले देशलाई अहिलेको दलदलबाट मुक्ति दिलाउन सक्छन्। यस किसिमको स्वार काङ्ग्रेस, एमाले र एमाओवादी गरी अन्य दलका नेताहरुको पनि रहेको छ। प्रमाणका रुपमा साझा सवालमा एक हप्ता अघि गगन थापा, गोकर्ण बिष्ट आदि यूवा नेताहरुसँग गरिएको अन्तर्रवातालाई लिन सकिन्छ। विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार र लेखहरुमा पनि यसै कसिमबाट आशयहरु प्रकट भएका छन्। उनीहरुले के सम्म भनेका छन् भने अहिलेको परिस्थिलाई समाधान गर्नलाई ठूला दलका ठूला नेताहरुले अब राजनैतिक विश्राम लिन जरुरी छ। यस्तो भएको खण्डमा यूवा नेताहरुको हातमा देशको बागडोर आउने छ र देशले अहिलेको विषम परिस्थितिबाट निकास पाउने छ। जे होस, उनीहरुका अनुसार कुनै वाद वा पार्टीभन्दा देश ठूलो हो र आवश्यक परेको खण्डमा वाद र पार्टीको सिमा नाघेर सगै आउन उनीहरु तयार छन्। देशको अहिलेको अवस्थालाई हेर्दा पनि अहिलेको खाँचो भनेको व्यक्तिगत र दलगत स्वार्थहरु त्याग्नु नै हो।
देशमा शान्ति र विकासको आवश्यकता छ भन्नेमा सबै यूवाहरु एक भएको परिस्थिति अहिलेको हो। जनताहरु अहिले ठूला दलका ठूला नेताहरुले देखाएको घृणीत राजनीतिबाट आजित भएका छन्। सायद उनीहरुबाट केहि हुन्छ भन्ने आशा पनि मारिसकेका छन्, जनताले। देशमा एक किसिमको सून्यता छाएको अवस्था छ। जनताहरु भरपर्दो शक्तिको खोज गरिरहेका छन् भन्ने कुराको प्रमाण त झुठै भए पनि 'अनुजा बानिँया' प्रकरणबाट स्पष्ट समेत भएको छ। सून्यताको यो परिस्थितिको फाइदा कुनै तानाशाहा वा बाहिरी शक्तिले लिनसक्ने छन् भनेर जनतालाई डर देखाइ ठूला नेताहरुले संविधानसभाको म्याद बढाइरहेका छन्। अहिले ठूला नेताहरु, हामी राम्रो नभए पनि हामीभन्दा राम्रो अरु छैनन्, त्यहि भएर हामी नै राम्रा हौं भन्ने सिद्धान्त अनुसार जनतालाई बेवकुफ बनाइरहेका छन्।
गन्जागोलको यो राजनैतिक परिस्थितिमा समस्याको एउटा समाधान यूवाहरु पनि हुनसक्छन्। नेपालमा केहि होइन शान्ति र विकाशको मात्र आवश्यकता छ भन्ने समान धारणा भएका संविधानसभामा रहेका विभिन्न दलमा आवद्ध यूवाहरुले अब पहलकदमी लिनुपर्ने छ। यसका लागि देशलाई टाउकोमा बोकेर हिड्न तत्पर, संविधानसभाका सदस्य समेत रहेका, यूवा नेताहरुले एउटा नयाँ सङ्गठन खोल्नुपर्छ। त्यस्तो संगठनमा अरु पनि यूवा सामेल हुन सक्छन् तर हालको परिस्थितिका लागि मूख्य रुपमा संविधानसभा सदस्य समेत रहेका यूवा नेताहरु नै मूख्य हुन आउने देखिन्छ। कुनै पनि वादको छाँयाबाट मुक्त रहेने गरी एउटा सर्वस्वीकार्य प्रणाली, देशका नाममा, अबलम्बन गर्नुपर्छ। आवश्यकता परेको खण्डमा त्यस्तो प्राणाली प्रतिपादन पनि गर्नुपर्ने हुनसक्छ।
संविधानसभामा अहिले आफूलाई यूवा भन्न रुचाउने उमेर मात्र हैन बिचारले पनि यूवा नेताहरुको बाहुल्य छ। उनीहरु साँच्चै यूवा हुन् र अग्रगामी सोच राख्छन् भने यूवाहरुले खोलेको संगठनमा पक्का पनि सहभागी हुनेछन् र त्यस्तो संगठन संविधानसभामा सबैभन्दा धेरै सिट भएको पहिलो शक्तिका रुपमा उदाउने निश्चित प्राय छ। यस किसिमको संगठनलाई देशभरका यूवाले समर्थन गर्ने नै छन् त्यसमाथि अहिलेको राजनीतिबाट दिक्दार भएका अन्य जनताले समेत साथ दिने निश्चित छ। यसो भयो भने देशले अहिले परिस्थितिबाट सजत मुक्ति पाउने आशा गर्न सकिन्छ। नत्र भने नेपाल अब संविधानसभाको म्याद थप्ने र सक्कयाउने भूमरीमा फस्यो-फस्यो।
यदि यूवा नेताहरु साच्चै देश बनाउन चाहान्छ भने अब बुढाखाडाको विषालु छायाँबाट उनीहरु बाहिर निकल्ने समय आएको छ।
1 comment:
yuva haru ko sangathan aawasyak raheko bichar jasari prastut bhayeko chha, malai sarai nai chitta bujhyo..... perfect writing... enjoyed!! keep writing!!
Post a Comment