Showing posts with label BOOK REVIEW. Show all posts
Showing posts with label BOOK REVIEW. Show all posts

Saturday, April 15, 2017

उलार

नयनराज पाण्डे कृत 'उलार' मध्यपश्चिमको आर्थिक र राजनीतिक गतिविधिको प्रमुख केन्द्र नेपालगन्जका सीमान्त तहका जनताको संघर्ष र मानवीय संवेदनाको कथा हो। २०४६ सालको पञ्चायत विरुद्धको जनआन्दोलनले ल्याएको प्रजातन्त्रको पृष्ठभूमिमा यो उपन्यास लेखिएको छ। प्रजातन्त्र आएपछि विकास हुन्छ, समानता हुन्छ, अवसर हुन्छ, सुख हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ भनेर सपना देखाइएका गरीब जनताले एक दशकपछि पनि प्रजातन्त्रका पहरेदार नेताहरुबाटै ठगिएको र थिचोमिचो सहनु परेको यथार्थलाई उलारमा नयनराज पाण्डेले कलात्मक चित्रण गरेका छन्।
२०५५ सालमा प्रकाशित गरिएको 'उलार'ले नेपालमा त्यसबेलाको सामाजिक, आर्थिक र राजनैतिक अवस्थाको प्रतिनिधित्त्व र यीनिहरु बिचको सम्बन्धलाई सामान्य घटनहरुको दृश्टान्तबाटै व्याख्या गरेको छ। राजनीति फोहोरी हुँदा समाजमा पर्ने असरहरको चित्रण पनि हो 'उलार'। कुनै व्यवस्था आफैंमा राम्रो-नराम्रो हुँदैन, व्यवस्था चलाउने मान्छेमा नै व्यवस्थाको रङ्ग, रुप र प्रकृति निर्भर गर्दछ भन्ने यस उपन्यास मूल सन्देश हो।
उपन्यास पठन अवधिभर प्रेमललवा, द्रौपदी र कलुवाको एउटा ठुलो वर्ग राजेन्द्रराज र शान्तिराजहरुको तलुवामुनि कष्टपूर्वक बाँचिरहेको सहरमा पुग्न सकिन्छ। नेपालका प्रजातन्त्रवादी नेताहरुको चरित्र वसन्तीको मृत्युपछि राजेन्द्रराजको चिठ्ठी लिएर शान्तिराजको दरबार पुगेको प्रेमललवालाई 'भोलि आइज' को जवाफ दिएर त्यो भोलि कहिल्यै नआएको घटनाले प्रष्ट पारेको छ।
द्रौपदीमार्फत पाण्डेले प्रजातन्त्रमा पनि नेपाली महिलाहरुले बाध्ये भएर देह बेच्नुपरेको यथार्थ अघि सारेका छन्। साथै नेपाली समाजमा रहेको छुवाछुत प्रथाको ढोङ्गलाई नाङ्गै पार्न पनि द्रौपदी पात्र सफल भएकी छ। द्रौपदीलाई परिचय प्रदान गर्ने क्रममा कथाको एक ठाउँमा यस्तो वर्णन गरिएको छ- "कहिलेकाहीँ उसलाई (द्रौपदी) आफ्नी छोरीको अनुहार असई कृष्णबहादुरको जस्तो लाग्छ। कहिले असई जगतमानको जस्तो लाग्छ। कहिले भूतपूर्व प्रधानपञ्च हर्कमानको जस्तो लाग्छ। कहिले बहराइचको कबडिया असलमको जस्तो लाग्छ।"
'उलार'का पात्रहरु नेपालगञ्जको स्थानीय भाषा बोल्छन् प्रचलित अंग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाएर। कथाभित्र कहिँकहिँ संवादलाई पात्र सुहाउँदो र जीवन्त बनाउन अश्लील वाक्यहरु पनि प्रयोग भएका छन्। "दरौपदी, तँलाई अरुसँग सुत्दा कस्तो लाग्छ?", "साला, रँडुवा ! एउटी मेहारु ल्याउन नसक्नेले मलाई भुत्राको हात हाल्छस्?" जस्ता वाक्यहरु सन्दर्भबिना घिनलाग्दा जस्ता सुनिने भए पनि यिनले उपन्यासलाई अश्लील बनाएका छैनन्।
श्यामलले उपन्यासको पूर्वपीठ लेख्ने क्रममा भनेका यि वाक्यहरुलाई समग्रमा उपन्यासको सारका रुपमा लिन्छ सकिन्छ।- "'उलार' भनेको असन्तुलन हो। सन्तुलन बिग्र्‍यो भने टाँगा 'उलार' हुन्छ।…..उहिलेका सामन्तहरुले सञ्चालन गरेको अहिलेको 'नेपाली प्रजातन्त्र' जनतामाथि उलार हुने गरी सवार हुन्छ। र हामी, प्रेमललवा र वसन्ती यसै गरी मर्छौं। ढाडबाट 'मवाद' निस्किरहेकी असमर्थ र अशक्त वसन्ती नै हुनुपर्छ हाम्रा राष्ट्रगानहरुकी नेपाल आमा!"
'उलार'मा ठूल-ठूला आदर्शभन्दा सामान्य सत्यलाई कथाको बिषयवस्तु बनाइएको छ। पहिलो जनआन्दोलनको पृष्ठभूमिमा लेखिएको भए पनि 'उलार'ले आज दोस्रो जनआन्दोलनपछि बितेका ५ वर्षको समयलाई पनि सटीकरुपमा प्रतिबिम्बित गर्नसक्नु यसको विशेषता हो। अर्को कुरा, उपन्यास भनेको ठुलो र क्लीष्ट हुन्छन् भन्ने पारम्परीक सोचलाई तोड्दै (भूमिका र समर्पणसमेत जम्मा ८० पृष्ठको लघु उपन्यास हो 'उलार') सामान्य र सरल भाषाको प्रयोगले पनि पाठकलाई विषयप्रति आकर्षित गरेर साहित्यिक सन्तुष्टी दिन सकिन्छ भन्ने उदाहरण पेश गर्न यो उपन्यास सफल छ।
उलारको कथा
कथामा प्रेमललवा, द्रौपदी, कलुवाले सीमान्तकृत जनताको प्रतिनिधिपात्रको भूमिका निर्वाहा गरेका छन्। शान्तिराज, राजेन्द्रराज, शिलाबाबु र ननकउ जनआन्दोलनपछिका राजनीतिक पात्रहरु हुन्।
आमाबुवा नभएको प्रेमललवा राजेन्द्रराजको रेखदेखमा हुर्कियो। ऊ टाङ्गा चलाउँछ। शहरछेउको आफ्नो पुर्ख्यौली जग्गा राजेन्द्रराजमार्फत शिलाबाबुलाई ३० हजारमा बेचेर उसले टाङ्गा चलाउन थालेको हो। ३० हजारमा घोडी बाहेक प्रेमललवाले गाउँमा आधा कठ्ठा जग्गा पनि किनेको छ; जहाँ अहिले उसको घर छ। राजेन्द्रराजले आफूलाई गरेको उपकारहरुको बदला प्रेमललवा राजेन्द्रराजको परिवारलाई मुफ्तमा टाङ्गा पनि चढाउँछ।
द्रौपदी वादी महिला हो। देह-व्यापार उसको व्यवसाय। द्रौपदीमार्फत पाण्डेले प्रजातन्त्रमा पनि नेपाली महिलाहरुले बाध्ये भएर देह बेच्नुपरेको यथार्थ अघि सारेका छन्। वादी महिलाहरुको देह-व्यापार भन्दा पनि द्रौपदी पात्रले नेपाली समाजमा रहेको छुवाछुतको ढोङ्गलाई नाङ्गै पारेको छ। द्रौपदीलाई परिचय प्रदान गर्ने क्रममा कथाको एक ठाउँमा यस्तो वर्णन गरिएको छ- "कहिलेकाहीँ उसलाई (द्रौपदी) आफ्नी छोरीको अनुहार असई कृष्णबहादुरको जस्तो लाग्छ। कहिले असई जगतमानको जस्तो लाग्छ। कहिले भूतपूर्व प्रधानपञ्च हर्कमानको जस्तो लाग्छ। कहिले बहराइचको कबडिया असलमको जस्तो लाग्छ।"
देहव्यापार नै गर्ने भए पनि प्रेमललवा द्रौपदीलाई चाहान्छ। उनीहरु बीच प्रेमको भावना पनि छ। कलुवा कथाको सहयोगी पात्र जस्तो भएर आउँछ। प्रेमललवा र कलुवा साथी हुन्। त्यहिभएर कलुवा द्रौपदी काहाँ रात बिताउन नगएर सावित्रिकोमा जान्छ।
कथा सुरुहुँदा राजेन्द्रराजलाई शान्तिराजले संसदीय निर्वाचनमा हराएकोमा प्रेमललवा राजेन्द्रराजभन्दा बढी दु:खी छ भन्ने देखाइएको छ। राजेन्द्रराजलाई प्रेमललवा गरिबहरुको सहयोगी र आफ्नो सर्वेसर्व मान्छ। त्यहि भएर "राजेन्द्रराजले शान्तिराजसँग ५ लाख नगद लिएर आफ्नो अधिकांश मत शान्तिराजलाई हाल्न लगाएको" भन्ने कुरालाई हल्ला मात्र सम्झन्छ। उसलाई त राजेन्द्रराजले आफ्नो जग्गा १ लाखमा बेचेर तीस हजार मात्र दिएको हल्ला पनि सत्य हो जस्तो लाग्दैन। राजेन्द्रराजलाई केवल विश्वास गर्छ उ, मात्र विश्वास।
राजेन्द्रराजको परिवारलाई मफतमा टाङ्गा चढाउनु अलावा जीविकोपार्जनको लागि पनि प्रेमललवाले टाङ्गाकै भरपर्नु पर्छ। जनताले बाँच्नका लागि मात्र पनि दिनभर पसिना चुहाउनु पर्ने वाध्यता उपन्यासमा देखाइएको छ।
जीवनका लागि टाङ्गा चलाउनुपर्ने वाध्यताले नै प्रेमललवा शान्तिराजको विजय जुलुसमा टाङ्गा लिएर जान्छ। ननकाउको वाचा अनुसार उसलाई १०० रुपैयाँ दिइने छ। तर कम्जोर घोडी (वसन्ती) टाङ्गा तान्दा-तान्दै थलिन्छे अनि मर्छे। ओभरलोड भएर। मरेकी वसन्तीलाई पूर्वपीठ लेख्दा श्यामलले नेपाल आमासँग यसरी तुलना गरेका छन्- "'उलार' भनेको असन्तुलन हो। सन्तुलन बिग्र्‍यो भने टाँगा 'उलार' हुन्छ।…..उहिलेका सामन्तहरुले सञ्चालन गरेको अहिलेको 'नेपाली प्रजातन्त्र' जनतामाथि उलार हुने गरी सवार हुन्छ। र हामी, प्रेमललवा र वसन्ती यसै गरी मर्छौं। ढाडबाट 'मवाद' निस्किरहेकी असमर्थ र अशक्त वसन्ती नै हुनुपर्छ हाम्रा राष्ट्रगानहरुकी नेपाल आमा!"
वसन्तीको मृत्युपछि प्रेमललवाको जीवनाधार रहँदैन। उ राजेन्द्रराजमार्फत शान्तिराज कहाँ गुहार माग्न जान्छ। घोडी शान्तिराजको जुलुसमा मरेको र शान्तिराज मन्त्री हुनेभएकाले प्रेमललवामा पनि घोडीको मुल्य पाइन्छ भन्ने आशा छ। शान्तिराजले "विचार गरौंला" भनेर काठमाडौं बोलाएको हुँदा प्रेमललवा द्रौपदीले दिएको कानको गहना, आफूसँग भएको अलिकति पैसा र कलुवाले स्वास्नीसँग अनि कलुवाकी स्वास्नीले कलुवासँग लुकाएर दिएको ५०-५० रुपैयाँ लिएर काठमाडौं झर्छ।
काठमाडौंमा प्रेमललवाले शान्तिराजलाई भेट्टाउनै सक्दैन। बालुवाटार, सिंहदरबार, पार्टी कार्यालय कहिँ पनि शान्तिराज भेटिँदैन। त्यसमाथि 'तिम्रो कथामा दम छ' भन्दै एउटा ठग कथाकारले प्रेमललवाको ८० रुपैयाँ पनि खाइदिन्छ र अन्तत: पूर्ण पराजित प्रेमललवा गाउँ फर्कन्छ।
फेरी पनि राजेन्द्रबाबुमार्फत शिलाबाबुलाई आफ्नो गाउँको जग्गा बेच्छ। यो पटक भने राजेन्द्रबाबुले साँचो बोल्छन्, "हेर प्रेमललवा, कुरा भन्या सफा, माथि पार्टीबाट नब्बे हजार आएको छ। कागज नब्बेकै बन्छ। तीस तँलाई, तीस मलाई र तीस शिलाबाबुलाई।"
जे-जस्तो भए पनि प्रेमललवा चुपचाप रहन्छ। तर मनमा भने प्रेमललवाले निश्चय गर्छ- "अबदेखि उसले राजेन्द्रराज र उसको परिवारलाई मफतमा टाँगामा बसाउने छैन र शान्तिराजाजस्ताको बोझलाई- ओभरलोडलाई- टाँगामा स्वीकार्ने छैन।"
यसपश्चात प्रेमललवाले पहिलाको ठाउँभन्दा अझभित्र आधा कठ्ठा जमिन किन्छ, बाँकि भएको पैसाले टाङ्गा र घोडा किन्छ अनि द्रौपदीको आगनमा गएर "अलिकति माया, अलिकति अधिकार र अलिकति आग्रहसहित प्रेमललवा जोडले कराउँछ- दरौपदी।" कथा समाप्त।
यसरी प्रेमललवाको विद्रोहमा गएर कथा सकिन्छ, यसपछिका घटनाक्रमहरुको प्रश्न पाठकलाई नै छोडेर।

Saturday, April 1, 2017

Ocean in a Jar

The political system has been changing in Nepal quite frequently. Since 1943/54, including Rana Prime Ministerial system, Nepal already has witnessed four different kinds of political system — the Panchayat, the Multi-party System with Constitutional Monarchy and the Federal Democratic Republic. However, except for the federal republican system with which we are still working, none of the systems has lasted. Not a single system has been able to deliver its promises to bring prosperity and well-being in the lives of people. Nothing seems to work out in Nepal. 

Why? One of the main reasons is that Nepal has failed to institutionalise the changes into the system. For instance, already declared a federal country, Nepal still doesn’t have states/provinces; and the failure of the first Constitutional Assembly (CA) has again created doubts in the mind of people about the suitability and viability of federal republic system. However, there are many other, equally important, aspects that we must understand before we start debating for the reasons behind the present situation of Nepal. 

Dr Uddhab Pd Pyakurel and Dr Indra Adhikari through State of Conflict and Democratic Movement in Nepal have attempted to start a discussion regarding the same.
The Front Page

The book, spread over eleven chapters, is actually a collection of different articles most of which have already been published in different journals and books from Nepal and India. Most of them were written after the Jana Aandolan II in 2006. Articles from varying fields of Nepal’s social and political life have been brought together and arranged in such a way it presents a comprehensive picture about how Nepal has reached the present state.

Except for the second and fourth articles that deal about the political transition and democracy of Nepal respectively, all other articles deal about the political and social phenomenon that came into the scene after Janaandola I of 1990. The Maoist movement is the most dominant discussion in almost all the articles. In fact, in one way or the other, the Maoist movement is one of the important ingredients of every article which is not unusual given the pervasiveness of the movement after Janaandolan I till the present time. 

The two articles — seventh and the eighth deal about women in conflict. The former describes the Maoist insurgency from gender perspectives, while the latter about the involvement of women in Telangana People’s Struggle. Both articles point out the under-representation of women in leadership positions as compared to the percentage of women in the battle field. 

The eleventh article is an interesting one. Written as a narrative, the author has presented his perspective about the first CA elections where he worked as an observer. According to the article, the terror tactics used by the Maoists during the elections was the main reason behind the emergence of the party as the largest one. The last article explains suggestions given by Ram Manohar Lohia (RML), a prominent socialist leader of India, not only the way to institutionalise the achievement of a revolution but also to have good relations with India. According to the article, RML had suggested Nepali leaders to tempo the institutionalisation process as soon as the revolution is over, before the defeated force get organised. He also suggests the Nepalis to have good relations with all the political parties of India rather than confining themselves to a party in government and in particular to bureaucracy.

The book tries to link the past of Nepal with its present. In other words, the book tries of answer the present with the help of events in the past. For example, the permanent nature of transition in Nepal has been attributed to power-greedy rulers of the past, who always tried to play the India or China card to remain in power. Similarly, marginalisation of ethnic communities, Dalits, women by the ruling power has been described as the prime reason behind the growth and rise of Maoist movement in Nepal.

However, the inability of the book to accommodate fresh articles dealing with socio-political scenario of Nepal, especially after the dissolution of CA, is its major limitation. Moreover, since most of the articles included are political ones, the information and even the ideas, readers may, at times, find some repetitions.

In conclusion, this book is one of its kinds when it comes to summarising the ocean in a jar. The book is successful in summing up almost everything that happened in Nepal, especially after the advent of democracy in 1950s.

Monday, November 7, 2011

मसान

'मसान' अहिले चलचित्रको रुपमा चर्चामा छ। 'मसान'लाई चलचित्र, नीर शाहले बनाएका हुन्। आजै पनि नागरिक दैनिकमा 'मसान'को समाचार छापिएको छ। समाचारमा हाल कुमारी, गुण, गंगा र सिभिल मलमा मात्र यो चलचित्र प्रदर्शन भइरहेको कुरा बताइएको छ।

यो त भयो चलचित्र 'मसान'का बरेमा मलाई थाहा भएको जनाकारी। तर, आजको यो आलेख मैले चलचित्रका बारेमा सुनाउनकालागि तयार पारिरहेको छैन। सुनाउन-त-सुनाउने नै हो तर 'मसान' पुस्तकका बारेमाचाहिँ। अलिकति नीर शाहलाई अघि बढाएर आफ्ना कुराको फेरो खोल्नेछु।

नीर शाहले बनाएको तीनवटा चलचित्रका बारेमा मात्र थाहा छ मलाई। एउटा 'बासुदेव', अर्को 'बसन्ती' र त्यसपछिको त 'मसाल' नै भैहाल्यो। मलाई लाग्दछ नीर शाहले अरु १-२ वटा चलचित्र पनि बनाएका छन्। तर हाल मलाई तिनको नाम सम्झना छैन। 'मुकुण्डो' कि के हो खै? नीर शाहले बनाएका हुन् जस्तो लाग्छ तर यकिन भएर भन्न सक्दिन। (कसैलाई थाहा छ?)

नीर शाहले बनाएका चलचित्रहरु राम्रा वा उच्चकोटीका हुन्छन् भन्ने सुनेको छु। 'सुनेको छु' यसकारण कि मैले उनले बनाएको 'बासुदेव' बाहेक अरु चलचित्र हेरेको पनि छैन। बसन्ती, खै के कारणले हेरिन। पछि किताब पढेपछि चाहिँ हेर्न मनलागेको छ- अवसर पाएको छैन। 'बासुदेव' हेरेको छु तर अलि आलोकाँचो हुँदै हरेको। राम्रो हेक्का छैन विषयवस्तुको। अब भने सुरुमा पुस्तक (कट्टेल सरको चोटपटक, लेखक: ध्रुवचन्द्र गौतम) नै पढेर फेरी हेर्नु छ 'बासुदेव'।

सरसर्ती हेर्दा नीर शाहले पुस्तकमा मात्र चलचित्र बनाउँछन् जस्तो लाग्छ। भर्खर प्रकाशित एउटा अन्तरर्वातामा उनले भनेका पनि छन्, "पुस्तकमा चलचित्र बनाउँदा कथा तयारै हुने भएकाले पटकथामा धेरै काम गर्न समय मिल्छ।" पटकथामा समय दिन नसकेर 'झुर' चलचित्र बनाउने निर्माता र निर्देशकले यो कुरा सुनेको भए राम्रो। यहाँनेर म एउटा अनुरोध पनि झुण्ड्याइ हालौं- नेपाली समाजमा वा नेपाली साहित्यैमा पनि चलचित्र बनाउन सकिने विषयवस्तु धेरै होलान, कृपया खोजी गर्नुहोस् न ! उदाहरणका लागि नेपाली साहित्यबाट 'कर्नाली ब्लुज' उपन्यासमा एउटा उच्चस्तरको चलचित्र बनाउन सकिन्छ जस्तो मलाई लाग्छ। त्यसैगरी चलचित्र 'आचार्य'को पदचाप पछ्याउने हो भने नेपालमा कत्ति यस्ता व्यक्तित्त्व छन जसका जीवन कहानीलाई चलचित्र बनाउन सकिन्छ। मेरो आफ्नो विचारमा तत्कालीन राजा महेन्द्र र वीपी कोइरालाका सम्बन्धमा बनाइने चलचित्र पनि उत्कृष्ट हुनसक्छ। यस्तो हुनसक्यो भने ईतिहासमा ओझेल पर्दै गएका तर पनि महत्त्वपूर्ण विषयवस्तुको उठान हुने थियो अनि सायद राम्रो काम गर्न सकेको खण्डमा नेपाली चलचित्र उद्योगले पनि दर्शक पाउने थिए।

अब 'मसान'को कुरा। 'मसान' भन्ने नेपाली पुस्तकमा नीर शाहले चलचित्र निर्माण गर्दैछन् भन्ने हल्ला केहि अघिदेखिकै हो। अलिपछि मात्र मलाई 'मसान' पुस्तक गोपालप्रसाद रिमालले लेखेका हुन् भन्ने थाहा भयो। 'आमा' कि 'आमाको पुकार' भन्ने एउटा कविता पढेजस्तो लाग्छ उनको। उनको नाम याद भएको चाहिँ उनी १९९० सालको एस.एल.सी मा बोर्डफस्ट भएकाले हो; साल मलाई यकिन छैन तर उनी नेपालबाट एस.एल.सी लिइँदाका प्रथम बोर्डफस्ट हुन्।

गएको शनिवार 'मसान' पढ्नुपर्‍यो भनेर किन्न निस्किएँ। 'मसान' किन्न म भौतारिएको यो दृश्य रत्नपार्कको हो। साथमा रमेश छ। एउटा पुस्तक पसलमा सोधें- मसान छ। हँ?, भन्छ पुस्तक पसले। अर्कोमा पनि त्यस्तै। 'के हो तिमीहरु पत्रिका पढ्दैनौ? यत्रो पुस्तक पसल खोलेर बसेको मान्छेलाई मसान पुस्तकका बारेमा पनि थाहा छैन। मैले पुस्तक पसक खोलेको भए हर-एक पुस्तक पढेको हुने थिएँ। अनि समय अनुसार पाठकको रुची र आवश्यकतालाई पनि ध्यान दिने थिएँ' भन्न मनलागेको थियो तर भनिन्। अनि अर्को पसलमा छिरें। 'मसान उपन्यास छ', भनेर सोधेको 'छैन' भन्छ। अनि त रिस उठीहाल्यो। मनमनै सोचें- 'यो रत्नेको पारकमा मेरो पैसा खर्च हुनु लेखेको रैनछ। हिड छोरो, साझा पुस्तक भण्डार।'

साझा पुस्तक भण्डार। यहाँ आएपछि मलाई 'पढ्नुचाहिँ पर्छ है!' जस्तो भावना आउँछ। एकएटक हैन, हरेक पटक यस्तै हुन्छ। कहिलेकाहिँ, 'साझाको सबै पुस्तकहरु एकप्रति किनेर पढिकन छाड्ने छु' को भावना पनि आउँछ। तर खै, किन हो? टिक्तैन।

मसान किनें। पहेंलो रछ गाता। भित्र हेरेको 'मसान-सामाजिक नाटक' पो लेखेको छ। मलाई बल्ल थाहा भयो 'मसान' त नाटक पो रछ। अनि मनमनै नीर शाहलाई धन्यवाद दिएँ मसान बनाएकोमा। उनले 'मसान'लाई चलचित्र नबनाएको भए यो पुस्तक मेरो हातमा पर्थ्यो-पर्दैनथ्यो? त्यसपछि मलाई नेपाली पत्रकारहरुले कति हलुका ढङ्गबाट समाचार लेख्दा रहेछन् भन्ने हेक्का भयो। 'मसान'का बारेमा लेखिएको, कुनै पनि, मैले पढेको समाचारमा मसान नाटक हो भनेर लेखिएको थिएन। पुस्तक हेरेको पनि त हुनुपर्‍यो नि!

अब पुस्तक भित्रै छिरौं। मसान एउटा सामाजिक नाटको हो। साह्रै कम पात्रहरु भएका- जम्मा सात जना। पुरै पुस्कत ७० पृष्ठको छ। यसमा मूख्य भागका अलावा परिचय, दुई कुरा, उपसंहार पनि पर्दछन्। नाटकको मूख्य भाग जम्मा ६३ पृष्ठको छ। 'अग्नीको कथा' नाटक पढेर नाटकै पढ्ने हिम्मत गुमाएको ममा अहिले फेरी 'नाटक पढ्दा ज्यानैचाहिँ जाँदैन है' भन्ने भाव पालाएको छ। मान्छेहरु सामान्य विषयवस्तुलाई गाह्रो बनाएर किन लेख्छन् खै?

नीर शाह र गोपालप्रसाद रिमाललाई फेरी पनि धन्यवाद। 'मसान'को सबैभन्दा तगडा पक्ष यसको भाषा हो। बोलिचालिको भाषा प्रयोगले नाटकमा अलङ्लार थपेको छ। एकपटक सुरु भएपछि 'सिध्याएर मात्र उठौं'को भावना आउँछ। अनि 'अब के होला?' भन्दा-भन्दै 'उपसंहार' पृष्ठ आइपुग्छ।

एक आदर्शवादी पुरुष श्रीमान भएकी सामान्य महिलाको कथा हो 'मसान'। कथाको अन्तिमसम्म नआइपुग्दा श्रीमान आदर्शवादी हो जस्तो लाग्छ तर अन्त्यमा भने महिलाको सरलताले सबै आकाश ढाक्छ। महिलाको लागि आमा बन्नु धेरै महत्त्वपूर्ण घटना थियो वा धेरै अर्थमा अहिले पनि हो भन्ने कुरा नाटककारले व्याख्या गरेका छन्; युवतिले आफैंमाथि सौता हाल्नु, पछि घर छोडेर हिड्नु र भोटुको मृत्यु हुनुले त्यस्तै देखाउँछ। तर पनि नाटक पढिसकेपछि पठकले, को ठिक वा को गलत?, भन्ने प्रश्नमा लामो वादविवाद गर्नसक्ने ठाउँ छ, 'मसान'मा। कुनै पनि साहित्यिक रचनामा हुनै पर्ने अनिश्चिता भरपुर मात्रामा राखेर पाठकलाई पनि सोच्ने ठाउँ दिने उदेश्य गोपालप्रसाद रिमालको रहेको देखिन्छ।

मैले एउटा कथा बनाउन नसक्ने विषयलाई रिमालले ६३ पृष्ठको नाटक बनाए। त्यसैले पाइलाले सगरमाथाको उचाइ ननापी; पाठक र दर्शकहरुलाई पुरै कथा पनि नबताई म यहाँनेर नै बिट मार्न चहान्छु।

मैले लेखेको माथिको विवरण 'मसान'को पुस्तक समीक्षा नभएपनि 'मसान' पुस्तककै कारण यो विवरण सम्भव भएकाले यसलाई मैले पुस्तक समीक्षा 'लेबल' भित्रै राखेको छु। अरु कुरा अर्कोपल्ट।

Monday, May 25, 2009

"खोज" भित्र डुबुल्कि मार्दा (THE INSIGHT FROM THE BOOK “KHOJ”)

कर्ण शाक्यको खोज पढे पछि त्यसको बारेमा एउटा समिक्ष्यात्मक लेख लेख्न मन त लाग्यो तर मैले गरेको समिक्षा केबल एउटा उपदेशको पुंज मात्र बन्न सक्यो। मैले उपदेश दिन खोजेको पक्कै पनि होइन, खोज किताबको बषय-बस्तु नै उपदशात्मक छ। यस्तो भनिरहदा, मैले कर्ण शाक्यलाई उपदेश दियो भनि दोष लगाएको पनि होइन। उहाँले प्राप्त गरेको सफलता र नापेको उचाई एउटा साधाहरण मानिसको सपना हो। मानिसले यदि सहि तरिका अपनाएर सफलता हासिल गरेको छ भने- सफलताको गोरेटो एउटा यस्तो आध्यात्मिक मार्ग हो जसको चुलीमा पुग्दा-नपुग्दै हरेक ब्यत्ति गुणि भइसकेको हुन्छ। अनी हुँदैनत गुणी ब्यत्तिको बिचार उपदेशात्मक?

लेखक शाक्यले किताब भरि आफ्नो सफलताको उदाहरण प्रस्तुत गरेका छन। जीवनको विभिन्न समय खेप्नु परेको समस्या र प्राप्त गरेको सफलताका प्रसङ्गहरु पुस्तका आर्कषणक हुन। उच्च बिचार र देशको प्रसङ्गमा लेखक शाक्यले भरतका पूर्वराष्ट्रपति ए.पी.जे अब्दुल कलामलाई हवाला दिदै कलामले सन् २००६ मा हैद्रावादमा दिएको मनतब्यलाई अघाडी सारेका छन। खोज किताबको समिक्षा गर्न बसेको म अन्तत: कलामको मनतब्यमा नै रोकिन पुगें। मलाई लाग्छ ए.पी.जे अब्दुल कलामको प्रस्तुत बिचारनै खोजले दिनखोजेको प्रमुख ज्ञान हो।

प्रस्तुत छ भरतका पूर्वराष्ट्रपति ए.पी.जे अब्दुल कलामको मनतब्य:


Why is the media here so negative? Why are we in India so embarrassed to recognize our own strengths, our achievements? We are such a great nation. We have so many amazing success stones but we refuse to acknowledge them. Why?

We are the first in milk production. We are number one in Remote sensing satellites. We are the second largest producer of wheat. We are the second largest producer of rice. Look at Dr. Sudarshan, he has transferred the tribal village into a self-sustaining, self-driving unit. There are millions of such achievements but our media is only obsessed in the bad news and failures and disasters.

I was in Tel Aviv once and I was reading the Israeli newspaper. It was the day after a lot of attacks and bombardments and deaths had taken place. The Hamas had struck. But the front page of the newspaper had the picture of a Jewish gentleman who in five years had transformed his desert land into an orchid and a granary. It was this inspiring picture that everyone woke up to. The gory details of killings, bombardments, deaths, were inside in the newspaper, buried among other news.


In India we only read about death, sickness terrorism, crime. Why are we so NEGATIVE? Another question: Why are we, as a nation so obsessed with foreign things? We want foreign TVs, we want foreign shirts. We want foreign technology. Why this obsession with everything imported. Do we not realize that self-respect comes with self-reliance?

I was in Hyderabad giving this lecture, when a 14 year old girl asked me for my autograph. I asked her what her goal in life is. She replied: I want to live in a developed India. For her, you and I will have to build this developed India. You must proclaim. India is not an under-developed nation; it is highly developed nation. Do you have 10 minutes? Allow me to come back with a vengeance.


Got 10 minutes for your country? If yes, then read; otherwise, choice is yours. You say that our government inefficient. You say that our laws are too old. You say that the municipality does not pick up the garbage. You say that the phones don't work, the railways are a joke, the airlines are the worst in the world, mails never reach their destination. You say that our country has been fed to the dogs and is in absolute pits. You say, say and say. What do YOU do about it?


Take a person on his way to Singapore. Give him a name - YOURS. Give him a face - YOURS. You walk out of the airport and you are at your International best. In Singapore you don't throw cigarette butts on the roads or eat in the stores. You are as proud of their Underground links as they are. You pay $5 (approx. Rs. 60) to drive through Orchard Road (equivalent of Mahim Causeway or Redder Road) between 5 PM and 8 PM. You come back to the parking lot to punch your parking ticket if you have over stayed in a restaurant or a shopping mall irrespective of your status identity. In Singapore you don't say anything, DO YOU?


You wouldn't dare to eat in public during Ramadan, in Dubai. You would not dare to go out without your head covered in Jeddah. You would not dare to buy an employee of the telephone exchange in London at 10 pounds (Rs. 650) a month to, "see to it that my STD and ISD calls are billed to someone else". You would not dare to speed beyond 55 mph (88 km/h) in Washington and then tell the traffic cop, "Jaanta hai main kaun hoon (Do you know who I am?). I am so and so's son. Take your two bucks and get lost". You wouldn't chuck an empty coconut shell anywhere other than the garbage pail on the beaches in Australia and New Zealand. Why dont' You spit Pan on the streets of Tokyo?


Why don't You use examination jockeys or but fake certificates in Boston??? We are still talking of the same You. You who can respect and conform to a foreign system in other countries but cannot in your own. You who will throw papers and cigarettes on the road the moment you touch Indian ground. If you can be an involved and appreciative citizen in an alien country, why cannot you be the same here in India?

Once in an interview, the famous Ex-municipal commissioner of Bombay, Mr. Maikar, had a point to make. Rich people's dogs are walked on the streets to leave their affluent droppings all over the place", he said. "And then the same people turn around to criticize and blame the authorities for inefficiency and dirty pavements. What do they expect the officers to do? Go down with a broom every time their dogs feel the pressure in his bowels? In America every dog owner has to clean up after his pet has done the job. Same in Japan. Will the Indian citizen do that here?


We go to the polls to choose a government and after that forfeit all responsibility. We sit back wanting to be pampered and expect the government to do everything for us whilst our contribution is totally negative. We expect the government to do everything for us. We expect the government to clean up but we are not going to stop chucking garbage all over the place nor are we going to stop to pick up a stray piece of paper and throw it in the bin. We expect the railways to provide clean bathrooms but we are not going to learn the proper use of bathrooms.

We want Indian Airlines and Air India to provide the best of food and toiletries but we are not going to stop pilfering at the least opportunity. This applies even to the staff who is known not pass on the service to the public. When it comes to burning social issues like those related to women, dowry, girl child and others, we make loud drawing room protestations and continue to do the reverse at home. Our excuse? "It is the whole system which has to change, how will it matter if I alone forego my son's rights to a dowry.” So who's going to change the system? What does a system consist of? Very conveniently for us it consists of our neighbors, other households, other cities, other communities and the government. But definitely no me and YOU. When it comes to us actually making a positive contribution to the system we lock ourselves along with our families into a safe cocoon and look into the distance at countries far away and wait for a Mr. Clean to come along & work miracles for us with a majestic sweep of his hand or we leave the country and run away.

Like lazy cowards hounded by our fears we run to America to bask in their glory and praise their system. When New York becomes insecure we run to England. When England experience unemployment, we take the next flight out of the Gulf. When the Gulf is war struck, we demand to be rescued and brought home by the Indian Government. Everybody is out to abuse and rape the country. Nobody thinks of feeding the system. Our conscience is mortgaged to money.

Dear Indians, The article is highly thought inductive, calls for a great deal of introspection and pricks one's conscience too... I am echoing J.F. Kennedy's words to his fellow Americans to relate to Indians...."Ask what we can do for India and do what had to be done to make India what America and other western countries are today".

Thank You,

DR. ABDUL KALAM
(President of India)

Wednesday, April 29, 2009

निर्माण को निमित्त भनेर(NIRMANKO NIMITTA BHANERA)- एउटा स्वनिर्माणको प्रयास

रबीन्द्र कुमार मोक्तानले रस्सियाली माटो माथि बसेर लेख्नुभएको उपन्यास “निर्माणको निमित्त भनेर” एउटा बेचिएको गोर्खालिको कथा हो। नेपाली स्रमिकहरुको प्रिस्ठभुमिको सहायताबाट लेखकले यस उपन्यासमा नेपाली जीवनको बिवश्ता , अभाव र बेदनालाई बढो कलात्मक प्रस्तुती दिएका छन। सरल वाक्यमा भन्नु पर्दा हाड घोटेर ईमानदारीपुर्बक परिश्रम गर्ने जनतानै यस उपन्यासको बिषयबस्तु हुन। त्यसैले यो सामाजिक उपन्यास हो।
उपन्यासको शिर्षकले सुझाएको जस्तो कुनै देश निर्माणको कथा होइन यो। न त येस उपन्यासमा देश बनाउँछु भनेर हिँडेको कुनै नेताको दिब्य बाणी नै छन। येती हुँदाहुँदै पनि यो निर्माणकै कथा हो:जीवन निर्माणको कथा, भोलिको निर्माणको कथा, देशको सबैभन्दा महत्वपूर्ण अंश अर्थात देशको एउटा नागरिकको मनभित्र लुकेर रहेको संसारको कथा, स्वदेशको मायाँ, घरको मायाँ छातीको एउटा कुनामा थाती राखी पैसा कमाउन बिदेशीयेको मङगलसिङको कथा। त्यसैले यो जीवनको आधारभुत आवश्यकताको कथा हो।

कथाको प्रमुख पात्र मङगलसिङ कामको खोजिमा आमा र स्वास्नीलाई घरमा छोडेर भुटानीएको छ। कुनै बेला दार्जिलिङ छेउको गारिला कमानमा मन्सीसापको छोरोको "ठुलो" हैसियतबाट बाँचेको थियो ऊ। अहिलेपनी बाँचेको त छ तर आहिलेको र पहिलेको बचाईँमा भिन्नता छ। अहिले उ दिनभरी कामको खोजिमा हिड्छ, काम पायो भने खान्छ, पाएन भने खाँदैन।

ठेकदार बीरबहादुर लामालाई फेलापारेपछि, मङगलसिङ बीरबहादुरसँग भोटाङ्को जंगलतिर कुल्लिको काम गर्न थाल्छ। पैसा कमाएर जोरबङ्लाको एउटा कुनामा पसल खोल्ने उसको सपना ठेकदारले समयेमा तलब नदिएकाले ढिलो हुँदै जान्छ। भोटाङ्क कुनै पनि ठेकदारले ज्यामिहरुलाई समयेमा तलब दिदैनन्, ज्यामिहरु जाडोमा भाग्छन् भन्ने डरले। एकदम कम तलब दिएपनि कुल्ली, ज्यामीहरुलाई तलबको निहुँमा ठेकदारहरुले निकै समयसम्मा अल्झाएर राख्ने यथार्थ यस उपन्यासमा प्रस्तुत गरिएको छ। येसरी मङगलसिङले दशैँ, तिहार कुनै चाडमा पनि घर जान पाउँदैन। तर मङगलसिङलाई उसको स्वास्नी र आमासँग बेलाबेलामा चिठ्ठिले जोड्न सहयोग गरिरहन्छ।

घरबाट स्वास्निले पठाएको चिठ्ठिमा लेखिएको हुन्छ:
“आमा अहिले धङ्धङिको बेथाबाट बिसेक भाइसक्नु भो। एकदम तगडा हुनुहुन्छ। मैले सारा काम सम्हालेकी छु। घरमा रहेको दुई- चार सय रुपैयाँले मैले कुखुराहरु किने पछी कुखुराहरुले चल्लाहरु काढ्न थाले पछी बेचबिखन गरें र नाफा पनि पाईयो र तिमीले गान्तोकबाट पठाएको चार सय जस्तो रुपैयाँ सगँ जोडजाड पारेर सानो पान, सुपारी, सिगरेट, सलाई यस्तै खिर्चिमिर्चिको पसल खोलें। पासलको फाइदाबाट तिनवटा सुँगुरका पाठा पनि पालेका थियौँ, अहिलेल त बडेमाका सुँगुरभएका छन्।”

स्वास्निको चिठ्ठि पढेपची शान्तिको सास फेर्छ मङगलसिङले र आमा निको हुनुभएकोमा खुशी हुन्छ।

यता भोटाङ्मामा काम गर्द गर्दै खसेर धनमान मगर र दुइजना ११-१२ बर्षे सेर्बा ठिटाहरुको जाडोमा कठ्यङ्रियएर मृत्‍यु हुन्छ। सेर्बा ठिटाहरु, मर्ने अघिल्लो रात मङगलसिङसँग खाली बोरा माग्न आएका थिए। मङगलसिङ त्यतिखेर ‘स्टोरको’ हेरचाहा गर्ने भाईसकेको थियो। आफ्नो सानो (हाकिमलाई खुशीपर्ने) स्वार्थले ति ठिटाहरुको मृत्‍युभएकोमा पछुतो लाग्छ मङगलसिङलाई। त्यतिखेर उसले थाहा पाउँछ, स्वार्थले थाहा नै नदीइकन प्रगती गरिरहेको मानिसमा प्रबेश गरि उसलाई बिबेक शुन्य बनाउँछ।

यसै बिच मङगलसिङको आमाको मृत्‍यु भएको र कर कार्यालयमा दर्ता नगरि ब्यवसाय गरेको कारण देखाई त्यहाँको पुलिसले मङगलसिङको स्वास्निलाई निकै झन्झट दिएको कुरा मङगलसिङले स्वास्निको चिठ्ठि र तार पढेर थाहा पाउँछ र ऊ ठेकदारले दिएको २००० रुपैयाँ लिएर घर फर्कन तयार हुन्छ। घर फर्कदा बाटोमा उसले, बाल्यकालमा दार्जीलिङको स्कुलमा पढ्दा उसको खाना पकाइदिने केटा मनबिरलाई लङ्गडो अवस्थामा भिख माग्दै गरेको भेटाउँछ र उसलाई पनि घर लिएर जान्छ। घर पुगेर आमाको किरिया गर्छ। किरिया सकेको दिन उसको हातमा कमानको म्यानेजरले भोली बेलुका सम्म घर खाली गर्नु भनी पठाएको चिठ्ठि पाउँछ।

त्यो घर, जुन कुनै बेला मङगलसिङको आफ्नै हुने गर्दथियो, कस्तो उज्यालो हुन्थ्यो घर। आमा हुन्थिन घरमा। बाबु हुन्थे। ख्याल ठट्टा हुन्थ्यो। कान्छी दिदी हुन्थी। प्यारो घर। प्यारी दिदी कान्छी। प्यारो बाबु। प्यारी आमा।

त्यस्तो घरलाई नै छोड्नु पर्दा उसका आँखाहरु रसाएर आए। बिवश भएर भोली बेलुका मङगलसिङ भाडाको गाडीमा सामान हालेर ससुराली गाउँ जोरबङ्ला तिर जान लाग्द मनमा अर्को बेथा थपिन्छ। उसको लङ्गडो साथी मनबिरले घरको दु:खमा नथपिन आत्महत्या गर्छ।

येसरि “निर्माण को निमित्त भनेर” उपन्यासले ग्रामीण जीवनको आवश्यकता र बाध्यतालाई ग्रामीण जीवन भित्रैबाट टिपेर प्रस्तुत गरेको छ। समयको तराजुमा जीवनको प्रस्तुतिनै “निर्माण को निमित्त भनेर” उपन्यासको सबैभन्द सबल पक्ष हो।