Labels
Saturday, April 15, 2017
उलार
Saturday, April 1, 2017
Ocean in a Jar
![]() |
| The Front Page |
Monday, November 7, 2011
मसान
'मसान' अहिले चलचित्रको रुपमा चर्चामा छ। 'मसान'लाई चलचित्र, नीर शाहले बनाएका हुन्। आजै पनि नागरिक दैनिकमा 'मसान'को समाचार छापिएको छ। समाचारमा हाल कुमारी, गुण, गंगा र सिभिल मलमा मात्र यो चलचित्र प्रदर्शन भइरहेको कुरा बताइएको छ।
यो त भयो चलचित्र 'मसान'का बरेमा मलाई थाहा भएको जनाकारी। तर, आजको यो आलेख मैले चलचित्रका बारेमा सुनाउनकालागि तयार पारिरहेको छैन। सुनाउन-त-सुनाउने नै हो तर 'मसान' पुस्तकका बारेमाचाहिँ। अलिकति नीर शाहलाई अघि बढाएर आफ्ना कुराको फेरो खोल्नेछु।
नीर शाहले बनाएको तीनवटा चलचित्रका बारेमा मात्र थाहा छ मलाई। एउटा 'बासुदेव', अर्को 'बसन्ती' र त्यसपछिको त 'मसाल' नै भैहाल्यो। मलाई लाग्दछ नीर शाहले अरु १-२ वटा चलचित्र पनि बनाएका छन्। तर हाल मलाई तिनको नाम सम्झना छैन। 'मुकुण्डो' कि के हो खै? नीर शाहले बनाएका हुन् जस्तो लाग्छ तर यकिन भएर भन्न सक्दिन। (कसैलाई थाहा छ?)
नीर शाहले बनाएका चलचित्रहरु राम्रा वा उच्चकोटीका हुन्छन् भन्ने सुनेको छु। 'सुनेको छु' यसकारण कि मैले उनले बनाएको 'बासुदेव' बाहेक अरु चलचित्र हेरेको पनि छैन। बसन्ती, खै के कारणले हेरिन। पछि किताब पढेपछि चाहिँ हेर्न मनलागेको छ- अवसर पाएको छैन। 'बासुदेव' हेरेको छु तर अलि आलोकाँचो हुँदै हरेको। राम्रो हेक्का छैन विषयवस्तुको। अब भने सुरुमा पुस्तक (कट्टेल सरको चोटपटक, लेखक: ध्रुवचन्द्र गौतम) नै पढेर फेरी हेर्नु छ 'बासुदेव'।
सरसर्ती हेर्दा नीर शाहले पुस्तकमा मात्र चलचित्र बनाउँछन् जस्तो लाग्छ। भर्खर प्रकाशित एउटा अन्तरर्वातामा उनले भनेका पनि छन्, "पुस्तकमा चलचित्र बनाउँदा कथा तयारै हुने भएकाले पटकथामा धेरै काम गर्न समय मिल्छ।" पटकथामा समय दिन नसकेर 'झुर' चलचित्र बनाउने निर्माता र निर्देशकले यो कुरा सुनेको भए राम्रो। यहाँनेर म एउटा अनुरोध पनि झुण्ड्याइ हालौं- नेपाली समाजमा वा नेपाली साहित्यैमा पनि चलचित्र बनाउन सकिने विषयवस्तु धेरै होलान, कृपया खोजी गर्नुहोस् न ! उदाहरणका लागि नेपाली साहित्यबाट 'कर्नाली ब्लुज' उपन्यासमा एउटा उच्चस्तरको चलचित्र बनाउन सकिन्छ जस्तो मलाई लाग्छ। त्यसैगरी चलचित्र 'आचार्य'को पदचाप पछ्याउने हो भने नेपालमा कत्ति यस्ता व्यक्तित्त्व छन जसका जीवन कहानीलाई चलचित्र बनाउन सकिन्छ। मेरो आफ्नो विचारमा तत्कालीन राजा महेन्द्र र वीपी कोइरालाका सम्बन्धमा बनाइने चलचित्र पनि उत्कृष्ट हुनसक्छ। यस्तो हुनसक्यो भने ईतिहासमा ओझेल पर्दै गएका तर पनि महत्त्वपूर्ण विषयवस्तुको उठान हुने थियो अनि सायद राम्रो काम गर्न सकेको खण्डमा नेपाली चलचित्र उद्योगले पनि दर्शक पाउने थिए।
अब 'मसान'को कुरा। 'मसान' भन्ने नेपाली पुस्तकमा नीर शाहले चलचित्र निर्माण गर्दैछन् भन्ने हल्ला केहि अघिदेखिकै हो। अलिपछि मात्र मलाई 'मसान' पुस्तक गोपालप्रसाद रिमालले लेखेका हुन् भन्ने थाहा भयो। 'आमा' कि 'आमाको पुकार' भन्ने एउटा कविता पढेजस्तो लाग्छ उनको। उनको नाम याद भएको चाहिँ उनी १९९० सालको एस.एल.सी मा बोर्डफस्ट भएकाले हो; साल मलाई यकिन छैन तर उनी नेपालबाट एस.एल.सी लिइँदाका प्रथम बोर्डफस्ट हुन्।
गएको शनिवार 'मसान' पढ्नुपर्यो भनेर किन्न निस्किएँ। 'मसान' किन्न म भौतारिएको यो दृश्य रत्नपार्कको हो। साथमा रमेश छ। एउटा पुस्तक पसलमा सोधें- मसान छ। हँ?, भन्छ पुस्तक पसले। अर्कोमा पनि त्यस्तै। 'के हो तिमीहरु पत्रिका पढ्दैनौ? यत्रो पुस्तक पसल खोलेर बसेको मान्छेलाई मसान पुस्तकका बारेमा पनि थाहा छैन। मैले पुस्तक पसक खोलेको भए हर-एक पुस्तक पढेको हुने थिएँ। अनि समय अनुसार पाठकको रुची र आवश्यकतालाई पनि ध्यान दिने थिएँ' भन्न मनलागेको थियो तर भनिन्। अनि अर्को पसलमा छिरें। 'मसान उपन्यास छ', भनेर सोधेको 'छैन' भन्छ। अनि त रिस उठीहाल्यो। मनमनै सोचें- 'यो रत्नेको पारकमा मेरो पैसा खर्च हुनु लेखेको रैनछ। हिड छोरो, साझा पुस्तक भण्डार।'
साझा पुस्तक भण्डार। यहाँ आएपछि मलाई 'पढ्नुचाहिँ पर्छ है!' जस्तो भावना आउँछ। एकएटक हैन, हरेक पटक यस्तै हुन्छ। कहिलेकाहिँ, 'साझाको सबै पुस्तकहरु एकप्रति किनेर पढिकन छाड्ने छु' को भावना पनि आउँछ। तर खै, किन हो? टिक्तैन।
मसान किनें। पहेंलो रछ गाता। भित्र हेरेको 'मसान-सामाजिक नाटक' पो लेखेको छ। मलाई बल्ल थाहा भयो 'मसान' त नाटक पो रछ। अनि मनमनै नीर शाहलाई धन्यवाद दिएँ मसान बनाएकोमा। उनले 'मसान'लाई चलचित्र नबनाएको भए यो पुस्तक मेरो हातमा पर्थ्यो-पर्दैनथ्यो? त्यसपछि मलाई नेपाली पत्रकारहरुले कति हलुका ढङ्गबाट समाचार लेख्दा रहेछन् भन्ने हेक्का भयो। 'मसान'का बारेमा लेखिएको, कुनै पनि, मैले पढेको समाचारमा मसान नाटक हो भनेर लेखिएको थिएन। पुस्तक हेरेको पनि त हुनुपर्यो नि!
अब पुस्तक भित्रै छिरौं। मसान एउटा सामाजिक नाटको हो। साह्रै कम पात्रहरु भएका- जम्मा सात जना। पुरै पुस्कत ७० पृष्ठको छ। यसमा मूख्य भागका अलावा परिचय, दुई कुरा, उपसंहार पनि पर्दछन्। नाटकको मूख्य भाग जम्मा ६३ पृष्ठको छ। 'अग्नीको कथा' नाटक पढेर नाटकै पढ्ने हिम्मत गुमाएको ममा अहिले फेरी 'नाटक पढ्दा ज्यानैचाहिँ जाँदैन है' भन्ने भाव पालाएको छ। मान्छेहरु सामान्य विषयवस्तुलाई गाह्रो बनाएर किन लेख्छन् खै?
नीर शाह र गोपालप्रसाद रिमाललाई फेरी पनि धन्यवाद। 'मसान'को सबैभन्दा तगडा पक्ष यसको भाषा हो। बोलिचालिको भाषा प्रयोगले नाटकमा अलङ्लार थपेको छ। एकपटक सुरु भएपछि 'सिध्याएर मात्र उठौं'को भावना आउँछ। अनि 'अब के होला?' भन्दा-भन्दै 'उपसंहार' पृष्ठ आइपुग्छ।
एक आदर्शवादी पुरुष श्रीमान भएकी सामान्य महिलाको कथा हो 'मसान'। कथाको अन्तिमसम्म नआइपुग्दा श्रीमान आदर्शवादी हो जस्तो लाग्छ तर अन्त्यमा भने महिलाको सरलताले सबै आकाश ढाक्छ। महिलाको लागि आमा बन्नु धेरै महत्त्वपूर्ण घटना थियो वा धेरै अर्थमा अहिले पनि हो भन्ने कुरा नाटककारले व्याख्या गरेका छन्; युवतिले आफैंमाथि सौता हाल्नु, पछि घर छोडेर हिड्नु र भोटुको मृत्यु हुनुले त्यस्तै देखाउँछ। तर पनि नाटक पढिसकेपछि पठकले, को ठिक वा को गलत?, भन्ने प्रश्नमा लामो वादविवाद गर्नसक्ने ठाउँ छ, 'मसान'मा। कुनै पनि साहित्यिक रचनामा हुनै पर्ने अनिश्चिता भरपुर मात्रामा राखेर पाठकलाई पनि सोच्ने ठाउँ दिने उदेश्य गोपालप्रसाद रिमालको रहेको देखिन्छ।
मैले एउटा कथा बनाउन नसक्ने विषयलाई रिमालले ६३ पृष्ठको नाटक बनाए। त्यसैले पाइलाले सगरमाथाको उचाइ ननापी; पाठक र दर्शकहरुलाई पुरै कथा पनि नबताई म यहाँनेर नै बिट मार्न चहान्छु।
मैले लेखेको माथिको विवरण 'मसान'को पुस्तक समीक्षा नभएपनि 'मसान' पुस्तककै कारण यो विवरण सम्भव भएकाले यसलाई मैले पुस्तक समीक्षा 'लेबल' भित्रै राखेको छु। अरु कुरा अर्कोपल्ट।
Monday, May 25, 2009
"खोज" भित्र डुबुल्कि मार्दा (THE INSIGHT FROM THE BOOK “KHOJ”)
कर्ण शाक्यको “खोज” पढे पछि त्यसको बारेमा एउटा समिक्ष्यात्मक लेख लेख्न मन त लाग्यो तर मैले गरेको समिक्षा केबल एउटा उपदेशको पुंज मात्र बन्न सक्यो। मैले उपदेश दिन खोजेको पक्कै पनि होइन, “खोज” किताबको बषय-बस्तु नै उपदशात्मक छ। यस्तो भनिरहदा, मैले कर्ण शाक्यलाई उपदेश दियो भनि दोष लगाएको पनि होइन। उहाँले प्राप्त गरेको सफलता र नापेको उचाई एउटा साधाहरण मानिसको सपना हो। मानिसले यदि सहि तरिका अपनाएर सफलता हासिल गरेको छ भने- सफलताको गोरेटो एउटा यस्तो आध्यात्मिक मार्ग हो जसको चुलीमा पुग्दा-नपुग्दै हरेक ब्यत्ति गुणि भइसकेको हुन्छ। अनी हुँदैनत गुणी ब्यत्तिको बिचार उपदेशात्मक?
लेखक शाक्यले किताब भरि आफ्नो सफलताको उदाहरण प्रस्तुत गरेका छन। जीवनको विभिन्न समय खेप्नु परेको समस्या र प्राप्त गरेको सफलताका प्रसङ्गहरु पुस्तका आर्कषणक हुन। उच्च बिचार र देशको प्रसङ्गमा लेखक शाक्यले भरतका पूर्वराष्ट्रपति ए.पी.जे अब्दुल कलामलाई हवाला दिदै कलामले सन् २००६ मा हैद्रावादमा दिएको मनतब्यलाई अघाडी सारेका छन। खोज किताबको समिक्षा गर्न बसेको म अन्तत: कलामको मनतब्यमा नै रोकिन पुगें। मलाई लाग्छ ए.पी.जे अब्दुल कलामको प्रस्तुत बिचारनै खोजले दिनखोजेको प्रमुख ज्ञान हो।
प्रस्तुत छ भरतका पूर्वराष्ट्रपति ए.पी.जे अब्दुल कलामको मनतब्य:
Why is the media here so negative? Why are we in
We are the first in milk production. We are number one in Remote sensing satellites. We are the second largest producer of wheat. We are the second largest producer of rice. Look at Dr. Sudarshan, he has transferred the tribal village into a self-sustaining, self-driving unit. There are millions of such achievements but our media is only obsessed in the bad news and failures and disasters.
I was in Tel Aviv once and I was reading the Israeli newspaper. It was the day after a lot of attacks and bombardments and deaths had taken place. The Hamas had struck. But the front page of the newspaper had the picture of a Jewish gentleman who in five years had transformed his desert land into an orchid and a granary. It was this inspiring picture that everyone woke up to. The gory details of killings, bombardments, deaths, were inside in the newspaper, buried among other news.
In
I was in
Got 10 minutes for your country? If yes, then read; otherwise, choice is yours. You say that our government inefficient. You say that our laws are too old. You say that the municipality does not pick up the garbage. You say that the phones don't work, the railways are a joke, the airlines are the worst in the world, mails never reach their destination. You say that our country has been fed to the dogs and is in absolute pits. You say, say and say. What do YOU do about it?
Take a person on his way to
You wouldn't dare to eat in public during Ramadan, in
Why don't You use examination jockeys or but fake certificates in
Once in an interview, the famous Ex-municipal commissioner of
We go to the polls to choose a government and after that forfeit all responsibility. We sit back wanting to be pampered and expect the government to do everything for us whilst our contribution is totally negative. We expect the government to do everything for us. We expect the government to clean up but we are not going to stop chucking garbage all over the place nor are we going to stop to pick up a stray piece of paper and throw it in the bin. We expect the railways to provide clean bathrooms but we are not going to learn the proper use of bathrooms.
We want Indian Airlines and Air
Like lazy cowards hounded by our fears we run to
Dear Indians, The article is highly thought inductive, calls for a great deal of introspection and pricks one's conscience too... I am echoing J.F. Kennedy's words to his fellow Americans to relate to Indians...."Ask what we can do for
Thank You,
DR. ABDUL KALAM
(President of
Wednesday, April 29, 2009
निर्माण को निमित्त भनेर(NIRMANKO NIMITTA BHANERA)- एउटा स्वनिर्माणको प्रयास
उपन्यासको शिर्षकले सुझाएको जस्तो कुनै देश निर्माणको कथा होइन यो। न त येस उपन्यासमा देश बनाउँछु भनेर हिँडेको कुनै नेताको दिब्य बाणी नै छन। येती हुँदाहुँदै पनि यो निर्माणकै कथा हो:जीवन निर्माणको कथा, भोलिको निर्माणको कथा, देशको सबैभन्दा महत्वपूर्ण अंश अर्थात देशको एउटा नागरिकको मनभित्र लुकेर रहेको संसारको कथा, स्वदेशको मायाँ, घरको मायाँ छातीको एउटा कुनामा थाती राखी पैसा कमाउन बिदेशीयेको मङगलसिङको कथा। त्यसैले यो जीवनको आधारभुत आवश्यकताको कथा हो।कथाको प्रमुख पात्र मङगलसिङ कामको खोजिमा आमा र स्वास्नीलाई घरमा छोडेर भुटानीएको छ। कुनै बेला दार्जिलिङ छेउको गारिला कमानमा मन्सीसापको छोरोको "ठुलो" हैसियतबाट बाँचेको थियो ऊ। अहिलेपनी बाँचेको त छ तर आहिलेको र पहिलेको बचाईँमा भिन्नता छ। अहिले उ दिनभरी कामको खोजिमा हिड्छ, काम पायो भने खान्छ, पाएन भने खाँदैन।
ठेकदार बीरबहादुर लामालाई फेलापारेपछि, मङगलसिङ बीरबहादुरसँग भोटाङ्को जंगलतिर कुल्लिको काम गर्न थाल्छ। पैसा कमाएर जोरबङ्लाको एउटा कुनामा पसल खोल्ने उसको सपना ठेकदारले समयेमा तलब नदिएकाले ढिलो हुँदै जान्छ। भोटाङ्क कुनै पनि ठेकदारले ज्यामिहरुलाई समयेमा तलब दिदैनन्, ज्यामिहरु जाडोमा भाग्छन् भन्ने डरले। एकदम कम तलब दिएपनि कुल्ली, ज्यामीहरुलाई तलबको निहुँमा ठेकदारहरुले निकै समयसम्मा अल्झाएर राख्ने यथार्थ यस उपन्यासमा प्रस्तुत गरिएको छ। येसरी मङगलसिङले दशैँ, तिहार कुनै चाडमा पनि घर जान पाउँदैन। तर मङगलसिङलाई उसको स्वास्नी र आमासँग बेलाबेलामा चिठ्ठिले जोड्न सहयोग गरिरहन्छ।
घरबाट स्वास्निले पठाएको चिठ्ठिमा लेखिएको हुन्छ:
“आमा अहिले धङ्धङिको बेथाबाट बिसेक भाइसक्नु भो। एकदम तगडा हुनुहुन्छ। मैले सारा काम सम्हालेकी छु। घरमा रहेको दुई- चार सय रुपैयाँले मैले कुखुराहरु किने पछी कुखुराहरुले चल्लाहरु काढ्न थाले पछी बेचबिखन गरें र नाफा पनि पाईयो र तिमीले गान्तोकबाट पठाएको चार सय जस्तो रुपैयाँ सगँ जोडजाड पारेर सानो पान, सुपारी, सिगरेट, सलाई यस्तै खिर्चिमिर्चिको पसल खोलें। पासलको फाइदाबाट तिनवटा सुँगुरका पाठा पनि पालेका थियौँ, अहिलेल त बडेमाका सुँगुरभएका छन्।”
स्वास्निको चिठ्ठि पढेपची शान्तिको सास फेर्छ मङगलसिङले र आमा निको हुनुभएकोमा खुशी हुन्छ।
यता भोटाङ्मामा काम गर्द गर्दै खसेर धनमान मगर र दुइजना ११-१२ बर्षे सेर्बा ठिटाहरुको जाडोमा कठ्यङ्रियएर मृत्यु हुन्छ। सेर्बा ठिटाहरु, मर्ने अघिल्लो रात मङगलसिङसँग खाली बोरा माग्न आएका थिए। मङगलसिङ त्यतिखेर ‘स्टोरको’ हेरचाहा गर्ने भाईसकेको थियो। आफ्नो सानो (हाकिमलाई खुशीपर्ने) स्वार्थले ति ठिटाहरुको मृत्युभएकोमा पछुतो लाग्छ मङगलसिङलाई। त्यतिखेर उसले थाहा पाउँछ, स्वार्थले थाहा नै नदीइकन प्रगती गरिरहेको मानिसमा प्रबेश गरि उसलाई बिबेक शुन्य बनाउँछ।
यसै बिच मङगलसिङको आमाको मृत्यु भएको र कर कार्यालयमा दर्ता नगरि ब्यवसाय गरेको कारण देखाई त्यहाँको पुलिसले मङगलसिङको स्वास्निलाई निकै झन्झट दिएको कुरा मङगलसिङले स्वास्निको चिठ्ठि र तार पढेर थाहा पाउँछ र ऊ ठेकदारले दिएको २००० रुपैयाँ लिएर घर फर्कन तयार हुन्छ। घर फर्कदा बाटोमा उसले, बाल्यकालमा दार्जीलिङको स्कुलमा पढ्दा उसको खाना पकाइदिने केटा मनबिरलाई लङ्गडो अवस्थामा भिख माग्दै गरेको भेटाउँछ र उसलाई पनि घर लिएर जान्छ। घर पुगेर आमाको किरिया गर्छ। किरिया सकेको दिन उसको हातमा कमानको म्यानेजरले भोली बेलुका सम्म घर खाली गर्नु भनी पठाएको चिठ्ठि पाउँछ।
त्यो घर, जुन कुनै बेला मङगलसिङको आफ्नै हुने गर्दथियो, कस्तो उज्यालो हुन्थ्यो घर। आमा हुन्थिन घरमा। बाबु हुन्थे। ख्याल ठट्टा हुन्थ्यो। कान्छी दिदी हुन्थी। प्यारो घर। प्यारी दिदी कान्छी। प्यारो बाबु। प्यारी आमा।
त्यस्तो घरलाई नै छोड्नु पर्दा उसका आँखाहरु रसाएर आए। बिवश भएर भोली बेलुका मङगलसिङ भाडाको गाडीमा सामान हालेर ससुराली गाउँ जोरबङ्ला तिर जान लाग्द मनमा अर्को बेथा थपिन्छ। उसको लङ्गडो साथी मनबिरले घरको दु:खमा नथपिन आत्महत्या गर्छ।
येसरि “निर्माण को निमित्त भनेर” उपन्यासले ग्रामीण जीवनको आवश्यकता र बाध्यतालाई ग्रामीण जीवन भित्रैबाट टिपेर प्रस्तुत गरेको छ। समयको तराजुमा जीवनको प्रस्तुतिनै “निर्माण को निमित्त भनेर” उपन्यासको सबैभन्द सबल पक्ष हो।
