फिल्म: छाप्रोमा (The Hut)
समय: ६७ मिनेट
निर्देशक: क्षितिज श्रेष्ठ, राजन कठेत, शैल श्रेष्ठ
लेखन: राजन कठेत, अलि रसिद र क्षीतिज श्रेष्ठ
कलाकार: जुजुकाजी महर्जन, सरिता गिरी, मिश्री थापा, उमेश घोराशैनी, ऋचा पालिखे, क्षितिज श्रेष्ठ, सुलक्षन भारती, सृजना अधिकारी, अनिता ताम्राकार, टिका भक्त जिरेल, दिव्यदेव पन्त, मन्दिप विष्ट
छायाँकन: अलि रसिद र शैल श्रेष्ठ
सङ्गीत:
सङ्गम पन्त
ध्वनी:
दिपेश जोशी
पृष्ठभूमी
राजनको सबैभन्दा चित्ताकर्षक पक्ष भनेको
उसले भोगेको गाउँले परिवेश हो। गाँऊ-घरका कथालाई गाउँलेहरुकै शब्दमा उसले साह्रै
राम्रोसँग भन्नसक्छ। ज्ञानको निकै ठूलो भारीलाई एउटा सानो व्यङ्ग्यामै भन्नसक्ने
उसको क्षमताले मलाई कायल पार्छ।
क्षीतिज |
शैल |
राजन |
क्षीतिज, मभन्दा एक व्याच सिनियर साथी।
धेरै कुरा थाहा छैन मलाई उसको बारेमा।
तर पनि, किटानका साथ भन्नसक्छु कि जीवनलाई उसले जस्तै गरी धेरै कमले हेर्छन।
विषयवस्तु
‘म जान्न’, ‘नागरजुना’ र ‘शुक्रकिट’
नामका तीनवटा कथालाई कलात्मक तरिकाले उनेर बनाइएको छ फिल्म - छाप्रोमा। प्रत्यक
कथा एकअर्काभन्दा फरक छन्; विषयवस्तुमा फरक छन्, कथा भन्ने शैलीमा फरक छन्;
पात्रहरुमा फरक छन् तर पनि कहिँकतै तीनको एकअर्कासँग साइनो छ जस्तो लाग्छ। कसैले
पात्रमा समानता देख्न सक्छ, कसैलाई विषयवस्तुको फैलावट समान लाग्ला, कसैकसैलाई कथा
भनिने अनौठो शैलीहरु समान लाग्नसक्छ। फरक भैकन पनि समान छन् कथाहरु, समान भै’कन
पनि फरक छन् कथाहरु – ठ्याक्के राजन, शैल र क्षीतिज जस्तै।
म जान्न। फोटो: राजन कठेत |
‘म जान्न’मा राजनको गाऊँले परिवेश भेट्टाइन्छ - द्वन्द्वको चपेटामा परेको एउटा
परिवारको कथा। गह्रौ विषयलाई सरल र सरस तरिकाबाट भनिएको एउटा प्रस्तुति।
‘नागरजुना’ क्षीतिजजस्तै छ। जीवनलाई फरक ढङ्गमा हेर्ने र बाँच्ने एउटा ठिटोको कथा।
पारिजातको विसंगतीवादको प्रभाव परेको ठिटोजस्तो लाग्छ कथाको पात्रलाई कहिलेकाहिँ। मनिसको
मनोविज्ञानसँग खेलिएको चलचित्र ‘शुक्रकिट’ घुमाउरो कथा हो; मानिसको दिमाग-भुट्ने
‘आवश्यकताको’ कथा।
राम्रो पक्ष
‘नेपाली चलचित्रहरु हिन्दी
चलचित्रजस्तो भएन; हाम्रो जेनेरेशनको मान्छेहरु कसरी जान्छन् त पैसा तिरेर चलचित्र
हेर्न ?’, नवीन सुब्बासँग कुनै बेला अन्तरवार्ता लिँदा मैले सोधेको थिएँ। ‘हामीले
हिन्दीजस्ता चलचित्र बनाउने नै हैन; हाम्रो बजार सानो छ, पैसा लगानी गरेर हिन्दी
जत्तिकै राम्रो चलचित्र बनाए पनि लगानी उठाउन सकिँदैन, बरु हामीले ‘हाम्रो’
चलचित्र बनाउनुपर्छ’ भनेर सुब्बाले भनेको अहिले सम्झँदा लाग्छ मेरो छेऊमै बसेको
राजनले त्यहि गरेछ।
नागरजुना। फोटो: अनिल प्र. उदय |
शुक्रकिट। फोटो: राजन कठेत |
‘छाप्रोमा’को सबैभन्दा सबल पक्ष
भनेको यसका कथाहरु हुन्, नेपाली परिवेशका कथाहरु। हर एक कथामा दर्शकले आफैंले
देखेको/भोगेको अवस्थाहरु फेरि बाँच्न पाउँछ। ‘म
जान्न’ले देशको निकट सशस्त्र इतिहाँस र समाजमा स्वानी मानिस र लोग्ने मानिसको
बदलिँदो भूमिकालाई देखाउँछ, ‘नागरजुनाले’ कसैलाई जीवनको निस्सारता, कसैलाई जीवनको
आर्दश वा कसैलाई युवा अवस्थाको ताप र राप याद दिलाउला। ‘शुक्रकिट’ले देशमा गैर-सरकारी
संस्थानहरुको कामलाई पृष्ठभूमीमा राखेर जीवनको आवश्यकता र भत्कँदो परिवारिक अवस्था
देखाउँछ। यसप्रकार चलचित्रका कथाहरु मौलिक लाग्छन्।
अर्को सबल पक्ष चलचित्रको अभिनय हो। धेरै जसो कलाकारहरु मूलधारे चलचित्रभन्दा बाहिरका भए पनि आफ्नो भूमिकामा राम्ररी अटाएका छन्। कास्टिङ्गको काम राम्रोसँग गरिएको छ। सानो बजेटको चलचित्रमा सधैजस्तो भेट्टीइने ध्वनीको समस्या ‘छाप्रो’मा छैन। चलचित्रको छायाँकन पनि आँखालाई सहजलाग्ने गरि गरिएको छ।
अर्को सबल पक्ष चलचित्रको अभिनय हो। धेरै जसो कलाकारहरु मूलधारे चलचित्रभन्दा बाहिरका भए पनि आफ्नो भूमिकामा राम्ररी अटाएका छन्। कास्टिङ्गको काम राम्रोसँग गरिएको छ। सानो बजेटको चलचित्रमा सधैजस्तो भेट्टीइने ध्वनीको समस्या ‘छाप्रो’मा छैन। चलचित्रको छायाँकन पनि आँखालाई सहजलाग्ने गरि गरिएको छ।
कम्जोर पक्ष (?)
कथाहरुमा ‘इम्प्लीसिट मिनिङ’ भएकाले
तीनैवटा कथाहरुलाई एकैपटक बुझ्न खोज्दा गाह्रो भएजस्तो हुन्छ। अर्कोतर्फ, बिम्भको
प्रयोगले कतैकतै दर्शकको दिमागलाई अर्थ थाहा पाउन चुनौती नै दिन्छ। र, कुनै कथामा
पात्रहरु आवश्यकताभन्दा लामो बोलेजस्तो लाग्नु चलचित्रको केहि तर विर्सनयोग्य
कम्जोरी हुन्।
समग्रमा, उत्कृष्ट फिल्म।
4 comments:
If the film is as good as your writing is, the film must be amazing.
racist hoina, sexist bhanchhan hola gender bias garne lai. waiting eagerly for the 3-in-1 movie. :)
thanks for the correction binod..it is my fault..sahil ko kehi dosh chaina yes ma.
राम्रो लग्यो तपाईको review पढेर!!
मलाई फिल्म हेर्ने ठुलो ईच्छा थ्यो, अब झन् बढ्यो!!
धन्यबाद!!
Post a Comment