Monday, January 24, 2011

खिचडी

दिमागमा खिचडी पाकिरहेको छ। खिचडीमा दाल चामल बाहेक अरु के-के हाल्छन् मलाई राम्रोसँग थाहा पनि छैन। मैले खिचडीमा दाल चामल बाहेक अरु केही हालेर खाएको याद पनि छैन। सायद त्यही भएर होला खिचडी मलाई मन पनि पर्दैन।

आजको दिन मैले इन्डिपेन्डेण्ट प्रोजेक्टको लागि छुट्याएको हुँ। बेलुका-बेलुका विषयगत अध्ययन गरेर थाकेपछि वीपी कोइरालाको आत्मवृतान्त पनि पढिरहेको छु। आज अमिर खान प्रोडक्सनले बनाएको फिल्म धोबीघाट पनि हेरें। आज खिचडी पहिला-पहिला भन्दा पनि चर्कोगरि नमिठो हुँदैछ। मलाई दिक्क कत्ति लागेको मलाई नै थाहा छैन। आजको दिनको बाँकि कुराहुरु पछि गरौंला तर धोबीघाटका बारेमा चाहिँ अहिले नै केहि लेखिहाल्छु। आखिर, धेरै दिनपछि आज यहि फिल्मले हो नि मलाई लेख्नको लागि प्ररणा दिन सकेको।

मनपर्योफ मलाई यो फिल्म। किन? थाहा छैन। प्रेम भएजस्तै लागि रहेको छ। कोहि मनपर्योय तर किन भन्दा थाहा छैन। कस्तो रमाइलो।

डाहालाग्छ मलाई अमिर खानले बनाएको खेलेको फिल्महरु हेर्दा। एउटा मान्छेले कति सफलता प्राप्त गर्न सक्छ भन्ने प्रश्नको उत्तर थाहा पाउन अब अमिर खान रहुन्जेल कुर्नुपर्ने भइसक्यो! अमिर खानले जे बनाएपनि चल्छ। अक्षयकुमारको 'चाँदनी चौक टु चाइना' किन त्यस्तो बनाएको होला? के अमिर खानले 'चाँदनी चौक टु चाइना' खेलेको भए चल्थ्यो होला? कि अमिर खानले त्यस्तो फिल्म नै खेल्दैन? मलाई केहि थाहा छैन।

'मेला' हेर्दा होला मैले अमिर खानलाई अभिनयको माध्यमबाट चिनेको। पहिला पनि अमिर खानको बारेमा थाहा थियो तर 'मेला'भन्दा अघिको अमिर खानको फिल्म आफूले हेरेको मलाई थाहा छैन। मलाई थाहा पाउनु पनि छैन।

मेलाजस्तो पूर्ण व्यवसाहिक फिल्म खेल्ने अमिर खान मङ्गल पाण्डे, रङ्ग दे बसन्ती, लगान, तारे जमीन पर, थ्री ईडियट्स हुँदै आज धोबीघाटसम्म आइपुग्दा कस्तो भइसके। मलाई कसैलाई यत्तिकै तपाईं भन्न मनलाग्दैन तर आज किन हो 'भइसके'को ठाउँमा 'भइसक्नुभयो' लेख्न मन लागिरेहको छ।

यहाँ आएर सोच्छु के अमिर खानले पनि अहिलेका ठिटाहरुले जस्तो सुरुदेखि नै " नियममा बस्दिन, मलाई केहि खास गर्नु , नियम तोड्नका लागि बनाइन्छन्" भनेर आफ्नो बहुलठ्ठी देखाएको भए? कँहा हुन्थ्यो होला अमिर खान नामको यो प्रतिभा? खै थाहा छैन मलाई।

फिल्मको दुनियाँमा सफल नभएपनि अमिर खान जस्तो मेहेनति मान्छे अरु क्षेत्रमा भएपनि सफल नै हुन्थ्यो होला तर मेरो के हाल हुन्थ्यो नि? अमिर खानलाई पर्खिँदा-पर्खिँदा बेहाल भइसकेको हुँन्थें होला। हाहा। गेजस्तो लाग्यो कि क्या हो? जे होस अमिर खानले आफ्नो जिन्दगी सफल बनाए। खुसी छु। किन खुसी त्यो पनि मलाई थाहा छैन। अब के? केहि थाहा नपाइकन खुसी हुन पाईंदैन ? के तिमी एउटा सानो कुकुरको बच्चा आफ्नो पुच्छर टोक्न घुमेकोघुमै गर्दा हाँसेको/हाँसेकी छैनौं ? तर के तिमिलाई थाहा थियो त्यो किन घुमिरहेको ?

अब थोरै फिल्मको बारेमा नै कुरा गर्छु। त्यो अमेरिकने केटी (नाम पनि थाहा छैन) को बारेमा मलाई त्यति धेरै केहि भन्नु छैन। मैले मेरो आफ्नै जीवनमा त्यस्ता धेरै केटीको बारेमा केहि भन्न नसकेको आवस्था छ। अमिर खानले राम्रो भुमिका निभाएका छन्, पेन्टरको। मलाई विशेष प्रभाव पारेको भने त्यो चिठ्ठीवालि/भीडियोवालि केटीले मुन्नाले हो। मुन्नाले सबैभन्दा धेरै प्रभाव पारेको , मलाई। त्यो चिठ्ठीवालि केटीको बारेमा पनि मलाई केहि भन्नु छैन। तर मुन्ना तँचाहि होस्- माने मैले तँलाई।

फिल्म चारैतिर कुदिरहेको छ। अमिर खानतिर कुदिरहेको छ। त्यो अमेरिकनेतिर कुदिरहेको छ। त्यो चिठ्ठीवालीतिर कुदिरहेको छ। तर मचाहिँ मुन्नातिर कुदिरहेको छु। किन को किन मलाई आफू त्यो मुन्ना हुँ जस्तो लागिरेको छ। सायद मैले त्यहि भएर मुन्नालाई विषेश मनपराएको हुँला। तर त्यो मुन्नाचाहिँ मै हुँ। केहि लुकाउने, केहि भन्न नसक्ने, के गर्न पनि नसक्ने तर पनि अन्त्यमा अरुण (अमिर खान) को ठेगाना त्यस अमेरिकनेलाई दिन्छु छाति फुलाएर, सडकमा खुसी हुँदै ठाडो शिर पारेर हिँडिरेहेको छु। तर मलाई त्यो मर्ने मोटे मुन्नाको दाइ हो भन्ने त्यो मोटे नमरुन्जेल थाहा भएन। ! अनि त्यो मुन्नाको भाइ पनि भन्ने पनि थाहा थिएन। हल प्रिन्ट हेरेकोले होला।हाहा।

तर त्यो अमेरिकनेको के हुन्छ हँ? के त्यो अरुणको फ्ल्याट जान्छे होली? मलाई त्यो केटीले मुन्नालाई मन पराउँछे जस्तो पनि लागेको थियो- मुन्नाले त्यसलाई अरुणको ठेगाना दिँदा त्यसको अनुहार हेर्दा त। तर त्यसले मुन्नालाई अगाडिको भेटमा हामी साथी हौं पनि भनेकी थी। खै! चक्कर के हो? फेरी झुक्किएँ म। त्यो केटीले साच्चै मुन्नालाई मन पराएकी हो भन्ने यो मुन्नाले भन्दा त्यो केटीले भन्नु पर्ने हैन ? मलाई त्यस्तै लाग्छ।

जे होस राम्रो फिल्म हेर्न पाइयो। इन्डिपेन्डण्ट प्रोजेक्ट जिन्दावाद! जिन्दावाद! अब इन्डिपेन्डेण्ट प्रोजेक्ट अमर रहोस भनौं भने मेरो परीक्षाको नतिजा नै नआउने डर नत्र भने त्यो पनि भनिदिन्थें। अब साथी हो, 'यम्ला पग्ला दिवानाको पालो' हो॥ धन्यवाद।

No comments: