Thursday, June 24, 2010

स्वागत मन्तब्य - सहयात्रा (Welcome Speech- SAHAYATRA)

धन्यवाद,
यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथी ज्यू, अतिथी गण, मिडिया क्षेत्रका विज्ञ पेशाकर्मी माहानुभावहरु, शिक्षकवर्ग, काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज काठमाडौं उपत्यकका विभिन्न कलेज तथा क्यामपसहरुमा पत्रकारिता तथा आमसञ्चार अध्ययनरत विद्यार्थी साथीहरु,

सर्वप्रथम, हार्मो आमन्त्रण स्वीकार गरेर यस कार्यक्रममा आफ्नो उपस्थिति जनाइदिनु भएकोमा तपाईँहरु सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रममा स्वागत गर्न चाहान्छु।
स्वागत तपाईंहरु सबैलाई….

सहयात्रा- an inter college media students' meet का लागि हामी करिब ३० वटा कलेजहरु, आज एउटै प्राङ्गणमा भेला भएका छौं। काठमाडौं विश्वविद्यालयमा भाषा तथा आमसञ्चारको विभागिय क्लब 'Media Studies Group Kathmandu University (MSGKU)' ले यस कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको नाम, सहयात्रा-an inter college media students' meet बाटनै यस कार्यक्रम मिडिया पढिरहेका विद्यार्थीहरुलागि साझा यात्राको तारतम्य मिलाउन लक्षित छ।

वर्तमानको अध्ययनक्षेत्र भविष्यको कार्यक्षेत्र एउटै भएका हामी विद्यार्थीहरुको सञ्जाल/नेटवर्क स्थापना गरि एउटा साझा यात्रा तय गर्नका लागि यो कार्यक्रम फलदायी हुनेछ भन्ने कुरामा हाम्रो विश्वास छ।

आफ्ना सिर्जना, आफ्ना कामहरु आफ्ना विचारहरुलाई, आफ्नै मात्र क्लेज/क्याम्पस वा विश्वविद्यालयमा सिमित राखिरहेका हामी विद्यार्थीहरुले अबका दिनमा कम-से-कम यहाँ उपस्थित भएका कलेजहरुमा मात्रै भएपनि स्थान पाउने छौं। हामी यहि आशा गर्दछौं।

सञ्जाल/नेटवर्कका सवालमा हामीले गएको जेष्ठ १९ गते रसियन कल्चरल सेन्टरमा महत्त्वपूर्ण निर्णयहरु गरिसकेका छौं।

आगामी दिनहरुमा नेटवर्कको विकासका लागि विद्यार्थी विद्यार्थीहरुको सहयोगका लागि नेटवर्कले प्रभावकारी भूमिका खेल्न सक्ने भन्ने आशा गर्दै…………कार्यक्रममा तपाईँहरुको महत्त्वपूर्ण उपस्थीतिका लागि धन्यवाद ज्ञापन गर्दै, अन्तयमा तपाईं सम्पूर्णलाई यस सहयात्रा-an inter college media students' meet मा फेरी एकपटक स्वागत गर्न चाहन्छु।

धन्यवाद!

No comments: