Sunday, May 23, 2010

फोटो स्टोरीमा अनिदो रात (Anidho Raat in Photo Story)

अनिदो रात एउटा गरीब परिवारको कथा हो। ‘अवेकन आइज’ नामक भिडियोबाट प्रभावित भएर मैले यो कथा लेखेको हुँ; अर्को शब्दमा भन्नुपर्दा मैले अवेकन आइजमा शब्द मात्र भरेको हुँ। कथामा आमाको मृत्युको कारण चाहिँ परिवर्तन गरिएको छ। काठमाडौं विश्वविद्यालय ‘ब्याचलर ईन मिडिया स्टडिज’को पाचौं सेमेष्टर अन्तरगत सिर्जनात्मक नेपाली (एन.ई.पी.यल ३०१) विषयको गृहकार्य स्वरुप यो कथाको सृजना भएको थियो।


अहिले म छैठौं सेमेष्टरमा अध्ययनरत छु। यो सेमेष्टरमा भिजुवल मिडिया (यम.ई.डि.यस ३०६) विषय अन्तर्गत एउटा ‘फोटो स्टोरी’ बनाउनु पर्ने भयो। शेखर के.सी, प्रेम छिरिङ्ग शेर्पा र म(अमोल आचार्य) एउटै ग्रुपमा पर्यौं। पहिलो पटक फोटो स्टोरीका रुपमा ‘ए डे ईन द युनिर्भसिटी’ बुझायौँ। काम चोर्यौँ। ए डे ईन द युनिर्भसिटीलाई सरले ‘डकुमेन्टेसन’ मात्र भन्नु भयो। सरकै भनाई- त्यो फोटो स्टोरी हुन सकेन।


‘अब के गर्ने?, हामीले त जे बनाएपनि डकुमेन्टेसन मात्र हुन्छ जस्तो लाग्छ’ भन्दै शेखरले दु:ख साट्न खोज्यो। मलाईपनि त्यस्तै लाग्यो। प्रेम छिरिङ्गले नबोलेर सहमति प्रकट गर्योल। हामीलाई आपत पर्‍यो।


फेरी अनिदो रातले मगजमा जन्म लियो; फोटो स्टोरी हुने सम्भावना बोकेर। ‘फेरी’ यसकारण कि अनिदो रातलाई फोटो स्टोरी बनाउने जुक्ति पहिलापनि आएको थियो तर देखाउन/बनाउन गाह्रो हुने वाहाना देखाई अल्छीपनको तर्कले जित्यो। तर, अब अगाडि, बाहानालाई एउटा मात्र बाटो वाकिँ थियो- अनिदो रात। के गर्ने?, कसरी कथाको भाव देखाउने? भन्ने छलफलबाट पुतली प्रयोग गर्ने निर्क्योल निकाल्यौं। सजीव पात्र भन्दा निर्जीवको प्रयोग सजिलो लाग्यो हामीलाई।


बनेपाबाट पुतली ल्याइयो। पुतलीलाई सिँगारियो। एउटा पुतली आमा भयो; बाँकि दुईवटा छोरा र बुहारी भए। किनेर ल्याउँदा पुतलीहरुका कपाल सेता थिए। त्यही भएर वुहारीचाहिँको कपाल मसीले कालो बनायौं र छोरोको कपाल सानो देखिने गरि बाँधियो। तर पुतली सिँगार्दा मैले सेतो कपाल भएको पुतलीलाई चाहिँ बेहुलीको कपडामा टाँसि दिएछु। यसरी दोहोरो काम गर्नु परेको थियो हामीले। ईटाहरु जम्मा पारेर कथा अनुसारकै एक कोठे घर निर्माण गर्यौँ। खाट र छानाको लागि कुटको प्रयोग भयो।


यसरी करिब ७ घण्टा लगाएर हामीले यो फोटो स्टोरी तयार पारेका हौं। सर (शरद राई)बाट पनि राम्रो प्रतिकृया प्राप्त भयो। फोटो स्टोरीलाई सरले ‘ए’ ग्रेड प्रदान गर्नुभयो। हेर्नुहोस फोटो स्टोरि………














1 comment:

Aakar said...

No Doubt, it should get 'A'