Wednesday, February 16, 2011

नेपालबाट इजिप्टलाई शुभकामना

इजिप्टमा ३० वर्षसम्मको होस्नी मुबारकको तानाशाहि सरकार ढलेको छ। १८ दिनको लगातारको जनआन्दोलन ३०० जनाको बलिदानले अन्तत: मुबारकलाई जनताका अघाडि झुकाएको छ। तानाशाहाको पाखुरालाई जनताको हिम्मतले जीत्नु निश्चय पनि स्वागतयोग्यो विकास हो।

अफ्रिका महादेशमा उत्तरी भू-भागको मुस्लिम देश हो, इजिप्ट। पिरामीड, पर्यटन कृषिका लागि प्रख्यात यो देश, अफ्रिकी महादेशमा, मानव विकाश सुचाङ्कका आधारमा लिब्या, मरिसस्, टिउनीसिया, अल्जेरिया, गबोन बोट्स्वानापछि सातौं स्थानमा पर्छ। यस आधारमा विश्वास गर्न सकिन्छ कि नेपालभन्दा इजिप्ट नै बढि विकशित समृद्धशाली छ। होस्नि मुबारकले लगाएको ३० बर्षे शङ्कटकालमा पनि इजिप्टले विकाशको गोरेटमा बिस्तारै हिड्नुमा मुबारकको योगदान छ। तर जनताले अन्तत: मुबारकलाई हटाएका छन्- सायद इजिप्टका जनता द्रुतगतिको विकाश चाहान्छन्।

तर नेपालमा हुने आन्दोलनको हविगत नहोस इजिप्टमा- नेपालीहरुले विगत ६० वर्ष यतामात्र वटा जनआन्दोलन गरिसकेका छौं। राणा शासन विरुद्धको जनआन्दोलन(२००७), पञ्चायत विरुद्धको जनआन्दोलन(२०४६) ज्ञानेन्द्रको तानाशाही विरुद्धको जनआन्दोलन(०६२/०६३) अझ यसमा माओवादीले १० वर्ष सम्मजनताको लागिभनि गरेको 'क्रान्ति'लाई पनि समावेश गर्न सकिन्छ। नेपालमा ताहाशाहा हटाउन जनआन्दोलनहरु गरिए तर शान्ति, विकाश समृद्धिका आन्दोलनहरु कहिल्यै भएनन् यहाँ। नेपाल आमाको यत्ति विशाल कोखमा जननेता कहिले जन्मिएन। विश्वका थुप्रै देशहरुमा एकपटकको जनआन्दोलनले देशलाई विकसित, समृद्ध शान्त तुल्याउन सक्यो तर नेपाल कहिले स्थिर मात्र पनि हुनसकेन।

इजिप्टमा भएको सफल जनआन्दोलनको फाइदा नेपाललाई के हुन्छ भन्दा, कमसेकम अब नेपालका नेताहरुले जनआन्दोलन- लाई किटेर- 'विश्वमा नभएको' आन्दोलन हामीले गरेर देखायौं भनेर कुर्लन पाउँने छैनन्। नेपालीलाई ठुलो राहात मिल्ने , नेताहरुको चर्को भाषणबाट। यो यस अर्थमा कि अब इजिप्ट पनि शान्तिपूर्ण आन्दोलनका माध्यमबाट तानाशाहा हटाउने राष्ट्रको सुचीमा परेको छ। वास्तवमा, नेपालका नेताहरुले, जनआन्दोलन- को नोट देखाएर, नोटको भन्दा धेरै उधारो खाइसकेका छन्। अब यिनलाई उधारो दिन बन्द गर्नुपर्छ।

सात महिनासम्म सरकार विहिन अवस्थामा देशलाई राखेका, नेपाललाई 'फलानो' देश बनाउँछु भनेर आश्वासनको पोको बाड्दै हिंडेका नेपालीको 'मैलिक' संविधान जसले रातारात जनताको टाउँकोमा सिँग जुरो पलाउने भनि भाषण गर्ने नेपाली दलहरु यिनका नेताहरुबाट अब हामी नेपालीले केहि अपेक्षा गर्नसक्ने स्थिति छैन। प्रजातन्त्रको नाममा नेपालीहरु पटक-पटक धोकोको सिकार भएका छन्। हामीले जहिले पनि एउटा तानाशाहा हटाएर अर्को उस्तै कान चारिएको जोगी मात्र पायौं। जनआन्दोलन- अन्तर्गत तत्कालिन राजाले प्रतिनिधिसभा पुन:स्थापन गरेपछि हर्ष-उल्लाषका साथ काठमाडौं परिक्रमा गर्ने नेपालीले सायद आजको दिनको तयारी गरेका थिएनन्। तर, नेपालरुपी नाऊ विकाशको गोरेटोमा अगाडि बढ्न सकेको छैन।

हो, प्रजातन्त्र पनि त्रुटीरहित छैन। तर अन्य कुनै व्यवस्ता प्रजातन्त्र जत्तिको सफल नदेखिएको परिप्रेक्ष्यमा हामी नेपाली पनि प्रजातन्त्रकै आशमा छौं। तर अब हामीलाई असल सोचसहितको नयाँ अनुहार चाहिएको छ। म्यागडोनाल्डको बट्टमा कुहिएका आलु हामीलाई चाहिँदैन। फान्सेली दार्शनिक भोल्टायरको " सय मुसाहरु भन्दा एउटा सिंहबाट शासित हुन चाहान्छु" भन्ने उद्दगार नेपाली जनताको सन्दर्भमा पनि लागु गर्नुपर्ने स्थीति आउला-आउला जस्तो भएको भएपनि इजिप्टमा मुसाहरुको नाश होस शान्ति समृद्धिको बास होस भन्ने शुभकामना , इजिप्टवासीलाई। अब हामीलेचाहिँ सायद अर्को जनआन्दोलनको सुरुवात गर्नुपर्ला!

No comments: