Wednesday, April 29, 2009

निर्माण को निमित्त भनेर(NIRMANKO NIMITTA BHANERA)- एउटा स्वनिर्माणको प्रयास

रबीन्द्र कुमार मोक्तानले रस्सियाली माटो माथि बसेर लेख्नुभएको उपन्यास “निर्माणको निमित्त भनेर” एउटा बेचिएको गोर्खालिको कथा हो। नेपाली स्रमिकहरुको प्रिस्ठभुमिको सहायताबाट लेखकले यस उपन्यासमा नेपाली जीवनको बिवश्ता , अभाव र बेदनालाई बढो कलात्मक प्रस्तुती दिएका छन। सरल वाक्यमा भन्नु पर्दा हाड घोटेर ईमानदारीपुर्बक परिश्रम गर्ने जनतानै यस उपन्यासको बिषयबस्तु हुन। त्यसैले यो सामाजिक उपन्यास हो।
उपन्यासको शिर्षकले सुझाएको जस्तो कुनै देश निर्माणको कथा होइन यो। न त येस उपन्यासमा देश बनाउँछु भनेर हिँडेको कुनै नेताको दिब्य बाणी नै छन। येती हुँदाहुँदै पनि यो निर्माणकै कथा हो:जीवन निर्माणको कथा, भोलिको निर्माणको कथा, देशको सबैभन्दा महत्वपूर्ण अंश अर्थात देशको एउटा नागरिकको मनभित्र लुकेर रहेको संसारको कथा, स्वदेशको मायाँ, घरको मायाँ छातीको एउटा कुनामा थाती राखी पैसा कमाउन बिदेशीयेको मङगलसिङको कथा। त्यसैले यो जीवनको आधारभुत आवश्यकताको कथा हो।

कथाको प्रमुख पात्र मङगलसिङ कामको खोजिमा आमा र स्वास्नीलाई घरमा छोडेर भुटानीएको छ। कुनै बेला दार्जिलिङ छेउको गारिला कमानमा मन्सीसापको छोरोको "ठुलो" हैसियतबाट बाँचेको थियो ऊ। अहिलेपनी बाँचेको त छ तर आहिलेको र पहिलेको बचाईँमा भिन्नता छ। अहिले उ दिनभरी कामको खोजिमा हिड्छ, काम पायो भने खान्छ, पाएन भने खाँदैन।

ठेकदार बीरबहादुर लामालाई फेलापारेपछि, मङगलसिङ बीरबहादुरसँग भोटाङ्को जंगलतिर कुल्लिको काम गर्न थाल्छ। पैसा कमाएर जोरबङ्लाको एउटा कुनामा पसल खोल्ने उसको सपना ठेकदारले समयेमा तलब नदिएकाले ढिलो हुँदै जान्छ। भोटाङ्क कुनै पनि ठेकदारले ज्यामिहरुलाई समयेमा तलब दिदैनन्, ज्यामिहरु जाडोमा भाग्छन् भन्ने डरले। एकदम कम तलब दिएपनि कुल्ली, ज्यामीहरुलाई तलबको निहुँमा ठेकदारहरुले निकै समयसम्मा अल्झाएर राख्ने यथार्थ यस उपन्यासमा प्रस्तुत गरिएको छ। येसरी मङगलसिङले दशैँ, तिहार कुनै चाडमा पनि घर जान पाउँदैन। तर मङगलसिङलाई उसको स्वास्नी र आमासँग बेलाबेलामा चिठ्ठिले जोड्न सहयोग गरिरहन्छ।

घरबाट स्वास्निले पठाएको चिठ्ठिमा लेखिएको हुन्छ:
“आमा अहिले धङ्धङिको बेथाबाट बिसेक भाइसक्नु भो। एकदम तगडा हुनुहुन्छ। मैले सारा काम सम्हालेकी छु। घरमा रहेको दुई- चार सय रुपैयाँले मैले कुखुराहरु किने पछी कुखुराहरुले चल्लाहरु काढ्न थाले पछी बेचबिखन गरें र नाफा पनि पाईयो र तिमीले गान्तोकबाट पठाएको चार सय जस्तो रुपैयाँ सगँ जोडजाड पारेर सानो पान, सुपारी, सिगरेट, सलाई यस्तै खिर्चिमिर्चिको पसल खोलें। पासलको फाइदाबाट तिनवटा सुँगुरका पाठा पनि पालेका थियौँ, अहिलेल त बडेमाका सुँगुरभएका छन्।”

स्वास्निको चिठ्ठि पढेपची शान्तिको सास फेर्छ मङगलसिङले र आमा निको हुनुभएकोमा खुशी हुन्छ।

यता भोटाङ्मामा काम गर्द गर्दै खसेर धनमान मगर र दुइजना ११-१२ बर्षे सेर्बा ठिटाहरुको जाडोमा कठ्यङ्रियएर मृत्‍यु हुन्छ। सेर्बा ठिटाहरु, मर्ने अघिल्लो रात मङगलसिङसँग खाली बोरा माग्न आएका थिए। मङगलसिङ त्यतिखेर ‘स्टोरको’ हेरचाहा गर्ने भाईसकेको थियो। आफ्नो सानो (हाकिमलाई खुशीपर्ने) स्वार्थले ति ठिटाहरुको मृत्‍युभएकोमा पछुतो लाग्छ मङगलसिङलाई। त्यतिखेर उसले थाहा पाउँछ, स्वार्थले थाहा नै नदीइकन प्रगती गरिरहेको मानिसमा प्रबेश गरि उसलाई बिबेक शुन्य बनाउँछ।

यसै बिच मङगलसिङको आमाको मृत्‍यु भएको र कर कार्यालयमा दर्ता नगरि ब्यवसाय गरेको कारण देखाई त्यहाँको पुलिसले मङगलसिङको स्वास्निलाई निकै झन्झट दिएको कुरा मङगलसिङले स्वास्निको चिठ्ठि र तार पढेर थाहा पाउँछ र ऊ ठेकदारले दिएको २००० रुपैयाँ लिएर घर फर्कन तयार हुन्छ। घर फर्कदा बाटोमा उसले, बाल्यकालमा दार्जीलिङको स्कुलमा पढ्दा उसको खाना पकाइदिने केटा मनबिरलाई लङ्गडो अवस्थामा भिख माग्दै गरेको भेटाउँछ र उसलाई पनि घर लिएर जान्छ। घर पुगेर आमाको किरिया गर्छ। किरिया सकेको दिन उसको हातमा कमानको म्यानेजरले भोली बेलुका सम्म घर खाली गर्नु भनी पठाएको चिठ्ठि पाउँछ।

त्यो घर, जुन कुनै बेला मङगलसिङको आफ्नै हुने गर्दथियो, कस्तो उज्यालो हुन्थ्यो घर। आमा हुन्थिन घरमा। बाबु हुन्थे। ख्याल ठट्टा हुन्थ्यो। कान्छी दिदी हुन्थी। प्यारो घर। प्यारी दिदी कान्छी। प्यारो बाबु। प्यारी आमा।

त्यस्तो घरलाई नै छोड्नु पर्दा उसका आँखाहरु रसाएर आए। बिवश भएर भोली बेलुका मङगलसिङ भाडाको गाडीमा सामान हालेर ससुराली गाउँ जोरबङ्ला तिर जान लाग्द मनमा अर्को बेथा थपिन्छ। उसको लङ्गडो साथी मनबिरले घरको दु:खमा नथपिन आत्महत्या गर्छ।

येसरि “निर्माण को निमित्त भनेर” उपन्यासले ग्रामीण जीवनको आवश्यकता र बाध्यतालाई ग्रामीण जीवन भित्रैबाट टिपेर प्रस्तुत गरेको छ। समयको तराजुमा जीवनको प्रस्तुतिनै “निर्माण को निमित्त भनेर” उपन्यासको सबैभन्द सबल पक्ष हो।

5 comments:

Shekhar said...

यो पुस्तक समिक्षामा नेपालीहरुको दुख जीवन शैली जसरी देखाएको छ, त्यही दु:ख जीवन शैली तर फरक पारामा, अहिलेका अमेरिका, अस्ट्रलिया पलायन भएका नेपाली जनताले भोगिरहेका छन् जस्तो लाग्छ मलाई ।
नेपालमा पहिला मानिस अशिक्षित थिए र रोजगारीकोलागी विदेशिनु पर्दथ्यो तर अहिले त केहि हदसम्म नेपालीहरु शिक्षित त छन्, तर पनि उच्छ गतिमा पलायन हुदैछन् । तसर्थ शिक्षाको क्षेत्रमा परिवर्नतले नेपलीहरुलाई आफ्नो देशमा आफ्ना आमा‍-बाबुसम्म बस्नदिने रहेनछ भन्दा फरक नपर्ला ।
एकदम मन चिर्ने भावहरुको प्रतिनिधित्व गर्छ यस पुस्तकले मेरो द्रिष्टिकोणमा ।

Amol said...

you have reached very close to what the novel meant to express...

Amol said...
This comment has been removed by the author.
Gaurav said...

sathi yo kitab ta maile padheko chaina.tara na padhda ni timro review le yo kitab ko mukhya vabh lai yesari darshyaeko cha ki lagcha yesle timro bhawana harulai batulera ani sanghalera lyaeko cha.that's it bro.
well written.the line "swartha le thahai nadi kana manis bhitra chirera usko bibek lai sunya banauncha" was excellent.
and the other was "pyari didi,pyari amaa,pyaro ghar......."actuallu i see the whole make up of the story in these two lines.

Amol said...

Gaurav- Excellent comment from an excellent man..Thanx gaurav..