Sunday, April 12, 2009

आश्वासन र राजनीति



माथि राखिएको फोटो मेलम्ची जाँदा ईनद्रावती खोलाको किनारमा देखिने द्रिश्यको हो। खोलाको किनारसँगको आफ्नो दुरी घटाऊँदै लाँदा थाहापाईन्छ कि माथिबाट हरियो लेउ जस्तो देखिने त्यो त आलुको बोटहरु पो हो।
बद्दो जनसँख्य र घट्दो खेतीयोग्य जमिन को पारीणामा हो यो। मानिसलाई केहीले पनि पुग्दैन भनेको ठिकै हो जस्तो छ। जंगल को बिनास गरेर सक्यायेपछि मानिस अब सक्याउन आएको छ,खोलालाई। खोलाकिनारमा खेती गर्नाले, माटो मलिलो बनाउँछ र बर्खाको पानीले त्यस्तो माटोलाई सजिलै बगाएर लान्छ भन्ने थाहा हुँदा-हुँदै पनि मानिस आफ्नो आभीष्ठ पुर गर्न चुकदैन।

तर जे भएपनी यो एउटा गरीब नेपालीको कथा हो। तेही भएर सबैजनाले एकै स्वरमा भनौ- "क्रान्तिकारी भुमिसुधार को खोक्रो नारा दिने सम्पूर्ण 'भोटमग्ने' दलहरु- मुर्दाबाद।"

1 comment:

Basanta said...

साह्रै चित्त बुझ्दो कुरो! अहिलेसम्म हाम्रा दलहरुले भोटको लागि मात्रै भूमिसुधारको कुरा गरेका छन्। वास्तविक भूमिसुधार जमीन टुक्राउने र बाँड्ने कुरा भन्दा धेरै बहुआयामिक छ।