Saturday, May 16, 2009

JOURNEY OF THOUSAND MILES STARTS WITH A SINGLE STEP- KATHMANDU UNIVERSITY LIBRARY

चारवटा दराज, दुईवटा टेबल, दुईजना कर्मचारीको सानो समुहबाट वि.सं २०५१ सालमा काठमाडौ विश्वविद्यालय केन्द्रिय पुस्तकालयको स्थापना गरिएको थियो । तात्कालिन रजिष्ट्रार सिताराम अधिकारीको सक्रियता र सहयोग अझै स्मरण गर्नुहुन्छ पुस्तकालयका प्रबन्धक रुद्र प्रसाद अर्याल । अर्यालका अनुसार सिताराम अधिकारिको अभिभावकत्वमा नै काठमाडौ विशविद्यालय केन्द्रिय पुस्तकालयले उम्रने र फुल्ने मौका पाएको हो ।

विद्यार्थी र प्राध्यापक दुवैलाई अध्ययन-अध्यापनमा सहयोग होस भन्ने मुल अभिप्राय पुस्तकालयको हो। हाल काठमाडौ विश्वविद्यालयको पुस्तकालयहरुमा करिब ४५,५०० थान पुस्तकहरु छन् । त्यसैगरी अध्ययन-अध्यापन अझ सरल बनाउन सिडि-रोम, भिडियो क्यासेट, अडियो क्यासेट्सहरु पनि राखिएका छन् । पुस्तकालयमा इन्टरनेटको सुविधा सहितका करिब १५ वटा कम्प्युटर जडान गरिएको छ, जसको माध्यमबाट पुस्तकालयको वेबसाइट अन्तर्गत रही आफूलाई आवश्यक ई-जर्नलहरु पढ्न पाइन्छ । इ-जर्नलहरुको लागि चाहिने पासवर्ड पुस्तकालय प्रशासनबाट पाइने जानकारी दिन्छन पुस्तकलाय अधिकृत देवराज अधिकारी ।

विदाको दिनमा बाहेक अरु दिन विहान ८ बजे देखि वेलुका ८ बाजेसम्म र शनिवार चाँहि-दिउँसो १२:०० बजे देखि बेलुका ६:०० बजेसम्म पुस्तकालय खुलेको हुन्छ । अहिले पुस्तकालयको कर्मचारी सँख्या आठ पुगेको छ । कर्मचारीको पद र नाम यस प्रकार छन् ।

पद

नाम

म्यानेजर

रुद्र प्रसाद अर्याल

अफिसर

देवराज अधिकारी

सिनियर असिस्टेन्ट

डिल्लिराम खड्का

लाइव्रेरी असिस्टेन्ट

केशव खड्का र जगननाथ थापा

असिस्टेन्ट

रामप्रसाद ढुङ्गेल

बुक किपर

- पदम बाहादुर कार्की

- श्रिराम के सी

- राम कुमार ढकाल

पुस्तकालयमा भएका कर्मचारीहरुको सँख्या अपुग हुन सक्थ्यो तर उपलब्ध साथीहरु कर्तब्यपरायण र लगनशिल भएका कारण समस्या उत्पन्न नभएको कुरा बताउँछन् प्रबन्धक अर्याल ।

केन्द्रीय पुस्तकालयलाई २४सौ घन्टा खोल्ने बारेमा के सोच्नु भएको छ? भन्ने प्रश्नको उत्तरमा अधिकृत अधिकारी राति ८ बजेसम्म त पुस्तकालय खाली भइसकेको हु्न्छ भन्ने घुमाउरो उत्तर दिन्छन् । परिक्षाको समयमा मात्रै विद्यार्थीहरुले पुस्तकालयको अधिकतम उपयोग गर्छन भन्दैगर्दा अधिकारीको असन्तुष्टि स्पष्ट देखिन्थ्यो ।

पुस्तकालय प्रबन्धक रुद्र प्रसाद अर्यालका अनुसार, केन्द्रीय पुस्तकालयको वार्षिक बजेट करिब बाइस लाख (२२ लाख)को हाराहारीमा हुने गरेको छ । उल्लेखित बजेटले केवल पुस्तक र जर्नल खरिद गरिन्छ । पुस्तकालयको अरु खर्च वेग्लै प्राप्त हुन्छ भन्नुहुन्छ प्रवन्धक अर्याल ।

पुस्तकालयको आगामि योजना भनेको ई-लाइब्रेरीको सशक्तिकरण हो र त्यसकालागि नयाँ प्रविधियुक्त कम्प्युटरहरु मगाइएका छन। काठमाडौ विश्वविद्यालय पुस्तकालयहरुको (कुसुम, कुम्स आदी) नेटवर्क बनाउने र अनलाइन राख्ने योजना भएको कुरा बताउछन अर्याल ।

अन्त्यमा, पुस्तकलाई वर्तमान सदुपयोग गर्दै भविष्यको लागि सुरक्षित राख्न आग्रह गर्दछन प्रबन्धक अर्याल ।

No comments: