Wednesday, September 7, 2011

नेपाली मडियाको भूमिका

ईतिहाँसकै सबैभन्दा कठिन मोडमा देश भएका बेला यतिखेर एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री भएका छन्। अहिले नेपालमा, 'केहि गरि पो हाल्छ कि' भनेर सबैभन्दा धेरै आशा गरिएका ब्यक्तित्त्व हुन डा. भट्टराई। प्रधानमन्त्रीत्त्वको सुरुवात सान्दार गरे उनले- 'नेपालमै बनेको' मुस्ताङ्ग गाडी चढेर! जनताको बेहाल भएको कुरा पनि विर्सनेगरी विलासी जीवनयापन गर्न पल्किएका नेपाली नेताहरुलाई पाठ सिकाउने गरि डा. भट्टराईले चढेको सस्तो गाडीले एउटा उदाहरण नै प्रस्तुत गरेको छ। डा. भट्टराईको उक्त कदम साँच्चै प्रशंसनीय हो र मिडियाले यस्ता घटनालाई राम्रो स्थान दिनु स्वभाविक पनि।

तर अहिले त नेपाली मिडियाले अतिचारै गरिरहेका छन्। नेपाली मिडियामा अहिले "डा. भट्टराई ९ बजे नै कार्यालय जान थाले"। "दिउँसोको भात, समय बचाउनका लागि, कार्यलयमै खान थाले" भन्ने किसिमका समाचारले मात्रै प्रमुखता पाइरहेको अवस्था छ। समयको ख्याल गरिनु राम्रो कुरा हो, समय बचाउनु त झन त्योभन्दा पनि राम्रो कुरा भयो नै तर नेपाल अहिले जुन मोडमा, जस्तो परिस्थितिमा उभ्भिएको छ त्यसमा डा. भट्टराईले कति बजे खाना खाए?, कतिबजे सुते, कति बजे उठे? भन्ने कुराले महत्त्व राख्छ र? यहि क्रम निरन्तर रहने हो भने एकदिन, 'डा. भट्टराई समय बचाउनका लागि पाइखाना जान छाडे' भन्ने समाचार पनि आउन बेर छैन।

अझ सस्तो प्रचारको सिलसिला बढाउँदै नेपाली मिडिया 'फलानो मन्त्रीले सरकारी गाडी नचढी आफ्नै गाडी चढ्ने' भनेर समाचार फलाकिरहेको छ। निश्चित आयु ४५ दिन मात्र भएको सरकारका मन्त्रीले आफ्नो पुरानो गाडी मर्मत गर्न पनि त सरकारी गाडी नचढ्ने ढोङ्ग गर्न सक्छन् नि। हुनत यो विश्लेषण गलत पनि हुनसक्छ, होस भन्छु म त, तर सहि पनि त हुनसक्छ ? राम्रोसँग विचार गरेर सस्तो लोकप्रियताका लागि मात्र गरिएका हुनसक्ने प्रयासलाई सम्प्रेषण नगरि जनतामा गलत समाचार पुग्नबाट बचाउनुपर्छ मिडियाले।

४५ दिन भित्र ४ वर्षमा पनि गर्न नसकिएको शान्ति र संविधानको काम सक्नु चानचुने कुरा होइन। नेपाली मिडियाको लागि अहिलेको आवश्यकता भनेको डा. भट्टराईले शान्ति र संविधानको ग्यारेण्टीका लागि के-कस्ता ठोस कामहरु वा प्रयासहरु गर्दैछन् भन्ने कोणबाट विश्लेषणात्म लेख, समाचार र टिप्पणी लेख्नु हो नकि कसैलाई भग्वान वा त्यागीका रुपमा प्रस्तुत गर्नु।

देश अहिलेको जस्तो जटिल मोडमा भएका बेला सतहि समाचार सम्प्रषण गरेर कसैलाई अनावश्यक रुपमा उचाल्नु वा थेचार्नु भन्दा समयको सहि मुल्याङ्न गरि वर्तमानका आवश्यकता र चुनौतिहरु तिर जनता र नेताहरुको ध्यान आर्कषित गराउनु नै नेपाली मिडियाका लागि सबैभन्दा उत्तम विकल्प हो।

1 comment:

Prashant said...

A journalist is a learned person & knows what is wrong or right as opined by the general people as it can be expected that they have relatively more knowledge of state of things than the typical general public. But When she gives such opinion it makes the general public viewer feel that we-the viewer lack the capacity to judge things to find the conclusions ourselves. A journalist should present the facts from as many angles as possible, with as many supporting facts & data as possible with as diverse opinion as possible from authorized & credible persons on the subject to provide in-depth views about the related matters to the viewer. Almost every reporter has to report an any subject under the sun at one point of the time which means, she should have knowledge about virtually all subject under the sun which is again virtually impossible, which then makes the viewer feel that she is not supposed to give her opinion on every subject rather should limit herself in providing people with the fact. Giving opinion dilutes the facts because watching anything with judgmental attitude certainly makes is biased towards that subject. Instead of analyzing the fact from all aspects we start judging the fact from our point of view of right or wrong. It is not that we always form unbiased opinion after analyzing the facts but when bias comes in the initial stag it is sure that our opinion will be too opinionated news program cause ultimate problem to the viewer and the TV channel can called biased toward one group based upon what opinion it gives and such biased channels gets reduced to some propaganda machine ultimately, this is where I have become judgmental myself and would like to ask you to be careful to avoid this opinionated piece of article to cause any bias towards our TV channels as I know you will do it because this is not the first time you are reading an opinionated article nor will this be the last one. Be Careful.