Monday, July 11, 2011

"आफूले सकेको गर्ने त हो"

अमोल आचार्य

धुलिखेल

श्रीशर्मा 'मुर्ख'

'त्रिभुवन विश्वविद्यायालयबाट सन् १९९० मा एम.वि.ए गरेका उनको वास्तविक पेशा "म्यानेजमेन्ट सिष्टम" बनाउनु/विकाश गर्नु हो।


आफ्नो नाम श्रीशर्मा
'मुर्ख' बताउँछन् उनी। हामीले आफ्नो नाम/उपनामका बारेमा केहि बताइदिनुहोस भन्दा उनको उत्तर थियो- 'नाम नामै हो, नामको कारण हुँदैन।


काठमाडौं विश्वविद्यालयका बारेमा श्रीशर्मा 'मुर्ख'

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्माले आफ्नो पुस्तक 'काठमाडौं विश्वविद्यालय कठिन यात्राका पलहरु' मा विश्वविद्यालय स्थापनार्थ श्रीशर्मा 'मुर्ख'ले गरेको योगदानलाई उल्लेख गरेका छन्। विश्वविद्यालय स्थापनका लागि आफूले गरेको सहयोगका बरेमा श्रीशर्माले भने- 'विश्वविद्यालय भन्ने कुरा सबैका लागि गौरवको कुरा हो। विश्वमा विश्वविद्यालय स्थापना हुनथालेको १५१ वर्षपछि हामीकहाँ पनि त्यो प्रयास हुनु स्वागतयोग्य कुरा थियो। फेरी विश्वविद्यालयलाई सहयोग गर्नु भन्दा सहयोग गर्न पाउनु नै गौरवको करा हो। यो विश्वविद्यालय हाम्रा लागि अतुलनीय उपलब्धि हुनसक्ने भएकाले नै मैले आफुले सकेको सहयोग गरेको हुँ।

'

विश्वविद्यालय आँगनको उनको दृष्टिकोण

अरुले के भन्लान भन्ने चिन्ता छैन उनलाई। जाडोमा हातका औंला कठ्याङ्ग्रिएको, गर्मीमा सूर्यको रापले पोलेको, शिशिरमा हुरीले ओठ फुटाएको केहि पर्वाहा नगरि उनि लागि रहन्छन् आफ्नो काममा। उनको काम फोहरसँग सम्बन्धित देखिन्छ। उनले यसरी काम गर्न थालेको एक दशक पुगिसकेको छ तर थोरैलाई मात्र उनी को हुन्? किन यस्तो काम गरिरहेका छन्? भन्ने ज्ञान वा जिज्ञासा छ।

उनको कार्यक्षेत्र काठमाडौं विश्वविद्यालयको मूलगेटदेखि २८ किलो (काठमाडौं विश्वविद्यालय चोक) सम्मको ८०० मिटरको बाटो हो जसलाई उनी विश्वविद्यालयको आँगन भन्छन्। उनले गर्ने कामका बारेमा जिज्ञासा राख्दा उनले भने 'सुन्दा अलि एम्विसियस जस्तो लागे पनि यस विश्वविद्यालय आँगन क्षेत्र एउटा नमुना नलेज ल्याब हुनसक्छ र हुनुपर्छ पनि। मेरो काम भनेको यस विश्वविद्यालय आँगनलाई आफुले सक्दो रुपमा सफा र अध्ययन योग्य राख्नु हो। यस क्षेत्रलाई नमुना आँगन बनाउन जति मैले सक्छु त्यति त हो नि मैले गर्ने र म त्यहि नै गर्दै छु'। उनको भनाई अनुसार सबैले आ-आफ्नो तरिकाले यस क्षेत्रको अध्ययन गर्न सक्छन्। उनलाई लाग्छ सामजिक, आर्थीक र वैज्ञानिक रुपमा यस क्षेत्रको अध्ययन गर्न सकिन्छ।

'विश्वविद्यालय आँगनका रुपमा यो क्षेत्र इन्टेलएक्चुअल डेभलप्मेन्टका लागि चाहिने आनन्ददायी वातावरण पनि हुनसक्छ' भन्दै उनले थपे, 'पढ्नु भनेको कोठामा बसेर पलेँटि कस्नु मात्र पनि त हैन। अनि यहाँको खुला वातावरणमा हामि कुनै पनि कुरा मुल्याङ्कन गर्न सक्षम र स्वतन्त्र हुनसक्छौं।' खुला वातावरणमा कामको मानसिक दवाब पनि कम हने उनको अनुभव छ।

आफ्नो काम केहि मानिसहरुलाई मन नपरेको स्वीकार्दै उनले भने, 'यो पर्सेप्सनल डिफरेन्सका कारणले भएको हो।' आफ्नो काम राम्रो भए अरुले पनि यसलाई निरन्तरता दिने कुरामा उनी विश्वास राख्छन्। तर कसैले मेरो कामलाई निरन्तरता दिओस भन्ने लोभ छैन उनमा।

'जन्म, मृत्युको लागि हुन्छ। हाम्रो काम जीवन र अन्त्यमा मृत्युलाई सहज र सुखी बनाउनु हो' भन्ने श्रीशर्मा 'मूर्ख' आफ्नो र अरुको मृत्य सहज बनाउने काममा पनि उद्दत छन्।


भिडियोमा श्रीशर्मा


No comments: