Thursday, April 7, 2011

हात्तीपाइलेको प्रकोप

हात्तीपाइले रोग उन्मूलन गर्ने उदेश्यले चैत १२ १३ गते हात्तीपाइले रोगविरुद्ध डाइथाइल कार्बामाजाइन जुकाको लागि एल्वेन्डाजोल खुवाइएकोमा औषधि सेवनका कारण हालसम्म जनाको मृत्यु सय जान विरामी भएको समाचार पत्र-पत्रिकामा आएकाछन्। बाँके उदयपुरका अलावा अहिले सप्तरी जिल्लामा पनि हात्तीपाइले रोग विरुद्धको औषधिको प्रकोप देखिएको छ।
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाएलगत्तै सर्वसाधारणको मृत्यु भएको खबर सार्वजानिक भएपछि स्थलगत अनुसन्धानका लागि खटेको स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी महाशाखाको टोलीले उक्त रोग औषधिका कारण कसैको पनि मृत्यु नभएको प्रारम्भिक दावी गरेको समाचार चैत २० गतेको नागरिकमा छापिएको छ। सप्तरीका जिल्ला जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहताले पनि उक्त औषधि खाएकै कारण कुनै मान्छे नमेरको दाबी गरेका छन्।

तर, स्वास्थ्य मन्त्रलयको अनुसन्धान टोलीमा सामेल डा. यदुचन्द्र घिमिरे चन्द्रदेव मेहताले पनि औषधी खुवाउने क्रममा प्रयाप्त जनचेतना जगाउने तथा कस्तो व्यक्तिले औषधी खान हुन्छ या हुँदैन भन्ने बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयले राम्रो ध्यान नदिएको स्वीकारेबाट राज्यकै तर्फबाट कम्जोरीहरु भएका हुन् भन्ने प्रष्ट हुन्छ। अझ मेहताले , "हात्तीपाइलेको औषधि खाएकै कारण कोही मरेको छैन, तर अन्य रोगबाट संक्रमित भएका ब्यक्तिले यो औषधि खाएकाले प्रतिकूल असरका कारण विरामी परेको हो; यसलाई त्यही औषधि नै खाएर मेरेको भन्न मिल्दैन" भनेबाट पनि कम्जोरीहरु निश्चितरुपमा भएकै हुन तर डाकछोपको प्रयास गरिँदै भन्ने बुझ्न गाह्रो छैन।

गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, पक्षघात, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घरोगी, सिकिस्त विरामी, दुई वर्ष नपुगेका बच्चाहरु, दम उच्च रक्तचाप रोगबाट पीडितले खानै नहुने हात्तीपाइलेविरुद्धको औषधि स्वयंसेवकको लापरबाही, अपर्याप्त जनशक्ति (२५०० जना स्वयंसेवक चाहिनेमा १८०० जना मात्रको प्रयोग), आवश्यक रणनीतिको अभाव उपयुक्त तालिमको ब्यवस्था हुननसक्दा जथाभावी बाँढिएको पाइन्छ। व्यक्तिविशेषको रोगसम्बन्धी इतिहास हेरेर प्रत्यक्ष निगरानीमा खुवाउनुपर्ने औषधि भए पनि वितरण गर्नेहरूले घरमा भएका व्यक्तिको संख्याअनुसार औषधि छाडेर जाने गरेका समचार प्रकाशित भएको छ। यसरी छोडिएको औषधि सही तरिकाले सेवन नगरेका कारण सर्वसाधारणको स्वास्थ्यमा तत्कालै नकारात्मक असर देखिएको हुन सक्छ।

सबैभन्दा उदेकलाग्दो के भने, सरकारकै अभियानुसार हात्तीपाइले रोगको औषधि खाएर विरामी परेकाले उपचारका लागि सरकारीस्तरबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। 'फ्रि' को औषधि खाएका उनीहरु औषधिको असरबाट बच्न महँगो उपचार गर्न बाध्य छन्। कमसेकम विरामी परेकालाई निशुल्क उपचारको ब्यवस्था हात्तीपाइले रोगविरुद्धको औषधिबाटै मृत्यु भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने हो। नत्र भने अर्को पटकदेखि सरकारले विभिन्न रोगको नियन्त्रण निवारण गर्नका लागि बाढेको निशुल्क औषधि कसले खाइदिन्छ?

No comments: