Wednesday, December 28, 2011

मृत्युको रङ

उपेक्षा गर्नै नसकिने गरी

मृत्युले बाटो छेकेको प्रहर

यात्रामा

जब तिमीलाई प्रष्ट लाग्यो होला-

जीवनतर्फ फर्कने ढोकाहरु बन्द भएका छन्

समयको त्यो अचिन्त्य विन्दुमा

कस्तो थियो तिम्रो मन ?

एक्लै उभिएर

अन्तिमपटक, भरोसाले

तिमीले स्मरण गरेको नाम कसको थियो (शर्मा, २०६८, पृ. २१) ?

शर्मा, शारदा (२०६८) । भुइँफूलको देश । काठमाडौं: साङ्ग्रिला बुक्स ।

No comments: