Sunday, May 31, 2009

नेपालमा क्रान्तिनै भएका छैनन्।( REVOLUTION???.)

विश्वका हरेक देशहरुले ‍एउटा-न-‍एउटा क्रान्ति देखेका छन्। उदाहरणको लागि फ्रान्सको क्रान्ति, अमेरिकाको क्रान्ति, भारतको क्रान्तिलाई लिन सकिन्छ। क्रान्तिको मामिलामा, भन्ने हो भने हाम्रो दश नेपाल ‘प्रथम’ स्थान ओगट्न सफल भएको छ। हामी नेपालीहरुले विगत ५८ वर्ष यता मात्र ३ वटा क्रान्ति गरिसकेका छौं। राणा शासन विरुद्धको क्रान्ति(२००७), पञ्चायत विरुद्धको क्रान्ति(२०४६) र ज्ञानेन्द्रको तानाशाही विरुद्धको क्रान्ति(०६२/०६३)। अझ यसमा माओवादीले १० वर्ष सम्म ‘जनताको लागि’ भनि गरेको क्रान्तिला‌ई पनि समावेश गर्न सकिन्छ। नेपालमा शत्ति हत्त्याउन रगतका क्रान्तिहरु त गरिए तर जनता खुशी पार्न शान्तिको, विकाशको र अर्थको क्रान्ति कहिल्यै भएन। विश्वका अन्य देशहरुमा एक पटक, मात्र एक पटक भएको क्रान्तिले देशलाई विकसित, समृद्ध र शान्त तुल्याउन सक्यो तर नेपालमा भएका अनेकन क्रान्तिले पनि नेपाल स्थिर मात्र पनि हुन सकेन। किन?

यसको उत्तर खोज्ने हो भने, फ्रान्स र भारतमा भएका क्रान्तिहरु र क्रान्ति शब्दको वास्तविक अर्थ थाहपाउनु अति आवश्यक हुन आउँछ।
क्रान्ति जनबल र जनसागरबाट मात्र सम्भव हुनसक्छ। तर जनसागरलाई सहि बाटोमा डोर्याउन एउटा सक्षम नेताको आवश्यकता हुन्छ। फ्रान्सको क्रान्तिलाई साइरस, मराट, ब्रिसोट जस्ता क्रान्ति नायकहरुले हाकेँका थिए। भारतीयहरुको ब्रिटिस विरुद्धको क्रान्तिलाई भगत सिंह, चन्द्रशेकर आजाद र माहात्मा गान्धी जस्ता ब्यत्तिहरुले पथप्रर्दशन गरेका थिए। नेपालका क्रान्तिहरुलाई वी.पि कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र प्रचण जस्ता ‘प्रतापी भूपतिहरुले’ अगुवाइ गरे।

तीनवटै क्रान्तिलाई एकै ठाउँमा हेर्दा हामीले थाहा पाउँछौं, भारत र फ्रान्सको क्रान्तिमा चन्द्रशखर आजाद, भगत सिंह, व्रिसोट, मरोट, फाव्रे जस्ता क्रान्ति नायकहरुले पनि देशको लागि प्राण उत्सर्ग गरे तर नेपालमा………….?

भारतको क्रान्तिमा लाला लजपत राय जस्ता नेता जो भारतको काङग्रेस पार्टीको अद्यक्षय समेत भइसकेका थिए ले लाठी चार्जमा परेर ज्यान गुमाए। फ्रान्सको क्रान्तिमा व्रिसोट, मराट, फाव्रे, लाउभेट जस्ता शिर्षत्त नेताहरुलाई क्रान्तिको क्रममा राज्य पक्षद्वारा वेपत्ता पारेर मारियो तर नेपालमा भएका क्रान्तिहरुमा केवल जनतालाई बलि दिइयो, किन कोहि नेताहरु मारिएनन्? किनभने अहिले सम्म कुनै पनि नेताले क्रान्तिलाई अघिल्लो मोर्चामा बसेर अगुवाई गरेकै छैनन्। अहिले सम्मका क्रान्तिहरुमा जनतालाई केबल प्रयोग मात्र गरिएको छ।
अब ‘क्रान्ति’ शब्दको अर्थ पहिलाउन तर्फ लागौं। सामान्य अर्थमा क्रान्ति भनेको शोषित, पीडित जनताले, मुट्ठीभर सामन्ती शासकहरु विरुद्ध गरेको प्रतिकार हो। क्रान्ति शुरु हुन्छ र आफ्नो लक्ष्यमा पुगेर मात्र सकिन्छ। लक्ष्य प्राप्ति नगरेसम्म क्रान्तिलाई पूर्ण मानिदैन।

फ्रान्समा लुइस ‘राजाहरुको’ अन्त्य नभएसम्म क्रान्ति रोकिएन। क्रान्तिका दौरान, क्रान्तिको बिगुल फुक्ने सवैजसो नेताहरु मारिए। केवल दुई-चार जना नेताहरु मात्र बाच्न सके। भारतको क्रान्तिले पनि भारतबाट व्रिटिस सरकारलाई भगाईकन छोड्यो। तर नेपालमा भएको सवै क्रान्तिहरु सम्झौतामा ‘खत्तम’ परिए।

१)राणा शासन विरुद्धको क्रान्ति(२००७)- काङग्रेस पार्टीको अगुवाइमा भएको यो क्रान्तिलाई भारतको मध्यस्थतामा मिलाईयो। त्यहि भएर राणा शासन पछिको सरकारमा पनि मोहनशमसेरनै प्रधानमन्त्री भएका थिए।
२)पञ्चायत विरुद्धको क्रान्ति(२०४६)- विभिन्न दलहरुको अगुवाइमा भएको यो क्रान्तिलाई पनि भारतको मध्यस्थतामा मिलाईयो। नत्र भने किन संवैधानिक राजालाई सेनाको प्रमुख बनाईयो त? भारतले नेपालमा सधैभरि किचलो होस भनेरै राजा र दलहरुलाई शत्तिको बाँढफाँड गरेको थियो।
३)त्यसैगरि ज्ञानेन्द्रको तानाशाही विरुद्धको क्रान्ति(०६२/०६३) र माओवादीले १० वर्ष सम्म ‘जनताको लागि’ भनि गरेको क्रान्तिला‌ई पनि भारतको प्रतक्ष्य निगरानीमा मिलाउने काम भएको छ।

त्यसैले सम्झौतामा टुङग्याइएका यी “क्रान्तिहरु”लाई के भन्ने? क्रान्ति वा सम्झौता।

2 comments:

rajankathet said...

amol ekdam nai sahi ra ati nai ramro article... pakha ma pani yo issue laai promote garchhu......

gambhir said...

khatra hai khatara.. aba yaha nepalma kranti bhanne sabda mukhma jhundyaune ta dherai chhan tara ashal krantima homina chahane manche bhane kamai chhan ajha bhanau manchenai chainan......... ani deshle naya fadko kahabata maros ta?????/