Thursday, April 23, 2009

THE STORY BEHIND CHANGUNARAYAN TEMPLE



चाँगुनारायण मन्दिर विश्व सम्पदा सुचिमा सुचिक्रित काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर हो । हिन्दू धर्ममा रक्षकको उपाधी पाएक भगवान-बिष्णुको मन्दिर मानिन्छ यसलाई। दुई तल्ले यो मन्दिरको निर्माण बिक्रमको तेस्रो सताब्दी तिर भएको मान्छन चाङ्गुनारायणका मूल पूजारी चक्रधरानन्द राजउपाद्यय । कष्ठकला, धातुकला र मुर्तिकलाको निपुँणताको उधाहरण हो चाँगुनारायण।

(चाङ्गुनारायणका मूल पूजारी चक्रधरानन्द राजउपाद्ययको भनाइ)
चाङ्गुनारायणको उत्पत्ती:
अहिले चाङ्गुनारायण भएको ठाउँ अधिकांश रुपमा चापँको रुखहरुको बन थियो। चाँपलाई संस्क्रितमा चम्पक पनि भनिन्छ। बनको एक छेउमा एकजना ब्राहमण बस्नु हुन्थियो जसको नाम सुदर्शन थियो। तेही जंगलको वारी- पारी अरु गोठालाहरु पनि बस्दथिए। ब्राहमणको गाई ती गोठालाहरुले पाल्ने गर्दथे। हरेक बिहान गोठालाहरुले ब्राहमणकोमा दुध पुर्याउन जानु पर्दथियो। तेही क्रममा धेरै दिन गोठालाहरुले दुध पुर्याउन जान सकेनन्, र ब्राहमणले सोध्नुभयो दुध किन नल्याएको भनेर र गाईले दुध नदिएको कुरा थाहा भएपछी, भर्खर ब्याएको गाइले दुध किन दिएन त, गाई कहाँ जादो रहेछ भनेर गाईको क्रियाकलाप बुझ्न गाई सँग-सँगै ब्राहमण आउँदा-आउँदै, आहिले चाङ्गुनारयण भएको ठाउँमा आइपुग्नु भएछ, अनी यहाँ आइपुगेपछी अहिले नारायण हुनुभएको ठाउँमा एउटा चाँपको रुख रहेछ। त्याहाँबाट एउटा कालो पुरुष निक्लेर गाईको थुनमा दुध चुसेको देखेपछी , त्यो ब्राहमण साह्रै रिसाएर मेरो गाईको दुध येसले पो चोर्दो रहेछ भनेर तेसको टाउकोकाटि दिनु भयो। अनी त्यही टाउको काटिएको जुन कालो पुरुष छ, त्यहिनै चार हात भएको,चाङ्गुनारायणको रुपमा उत्तपती भए। त्यो देख्ने बित्तिकै ब्राहमण साह्रै आचम्भित भए र उसलाई डरपनि लाग्यो, अनी आँफै भन्न थाले- “ मैले ठुलो अपराध गरें र म पनि मर्छु अब भनी ब्राहमण मर्न तयार भए। त्यसबेला ब्राहमणलाई रोक्दै बिष्णुले भने- "येसमा तिम्रो अपराध छैन। यो भन्दा धेरै बर्ष पहिले एक पटक देउता र आसुरहरुको संग्राम भएको थियो, त्यसबेला एउटा सुमती भन्ने ब्राहमण , दानब तर्फबाट लाड्न आएको थियो र उनलाई मैले वाध्य भएर वध गर्नु पर्‍यो। तेसपछी उनक गुरु सुक्राचार्यले मलाई ब्रम्ह हत्याको श्राप दिएका थिए अनि त्यो श्राप मुक्त कसरी हुन्छ भन्दा- 'जब सुमतिको सन्तानले तिम्रो शिर काट्छ , त्यसपछी तिमी श्राप मुक्त हुनेछौ' भनेको हुँदा यो प्रपञ्च मैले राचेको हुँ, अब तिमीले मेरो शिर कट्यौ र तिमी त्यही सुमतिक सन्तान हौ, अब म श्राप मुक्त भएँ , म यहि ठाउँमा बस्छु र मेरो पूजारी तिमी नै बन" , भनि उसलाई पूजारी बनाइदिए।
तेही ब्राहमण वा उसको सन्तान जसले बिष्णुको शिर काटेको थियो उसले मात्र पूजा गर्नुपर्ने हुनाले यहाँका पुजारिहरुले आफ्नो बुवा- आमा बित्नु भएपनी उसले जुठो बार्नु पर्दैन/पाउँदैन। यहाँ पूजा गर्नु पर्छ। यो चलन अद्यापी चाङ्गुनारायण चलिरहेकोछ। त्यहाँका गोठलाहरुले चाँही नित्य पूजाकोलागि सामाग्री तयार पार्ने र मन्दिरको सरसफाइ गर्ने काम गर्दै आहिरहेका छन। गोठलाहरुलको घरमा जुठो पर्दा यहाँको ब्राहमणको घरमा बसेपछी उसलाई पनि जुठो लाग्दैन। यो चलन अझै पनि चाङ्गुनारायणमा चलिरहेको छ। माथिका कुरा इस्कन्द पुराण अन्तर्गत हिउवत खण्डको नेपालनापिमा बर्णित छ।
नामाकरण:
पारापुर्वकालमा इनको(चाङ्गुनारायणको) नाम के रह्यो भन्नेबारेमा केही आधार/प्रमाण छैन। लिच्छिवीकालमा इनको नाम चाङ्गुनारायण थिएन। इनको नाम डोलाशिखर स्वामि थियो। यो भन्नुको मतलब-चाङ्गुनारायण भएको डाडाँको नाम डोलगिरी(डोलएमन हुने/ हल्लिने) थियो र त्यसको शिखरको स्वमिको रुपमा इनलाई डोलाशिखर स्वामि भनियो । मल्लकालमा आएर इनको नाम पनि नेपाल भाषामा आधारित हुनपुग्यो। नेपाल भाषामा चापँलाई च, बनलाई गुँ भनिने हुँदा, तेही चाङ्गुनारायण भन्दा- भन्दा अहिले आएर चाङ्गुनारयण भनिएको हो र सँस्क्रितमा यसलाई चम्पकनारायण पनि भनिन्छ।
यात्रा/जात्रा र चाड/मेलाहरु
यात्रा/जात्रा- मुर्तिलाई कहीँ लाने कामलाई जात्रा भनिन्छ।
चाड/मेलाहरु - मन्दिरमानै गएर पूजा गर्ने काम।

चाङ्गुनारायण जात्राहरु:
१) बैशाख कृष्ण अमाभश्य(आमाको मुखहेर्ने दिन्)-मुख्य जात्रा- ८ दिनसम्मा चल्छ।
२) कृष्ण अष्ठमिको भोलिपल्ट एउटा सानो रथ यात्रा हुन्छ।
३) श्रावनशुक्ल द्वदशी र पौषशुक्ल पुर्णिमाका दुई दिनचाङ्गुनारायणबाट कलश बोकेर हनुमानढोका पुर्याइन्छ।
४) फागु पुर्णिमाको जात्रा- बंशगोपल जात्रा-यो तान्ने रथ हो। बंशगोपल रथलाई संसारको सबैभन्द सानो रथ मानिन्छ।

चाङ्गुनारायण चाड/मेलाहरु
१) नागपञ्चमी
2) कृष्ण अष्ठमि
३) तीज





4 comments:

Kumar said...

Well, mate thanks for the information. According to Hindu mythology.......

शेखर के सी said...

साथीले धेरै महत्वपुर्ण र अचम्म लाग्दा कुराहरु लेख्नु भारैछ । कक्षा ८ तिर "वातावरण र जनसंख्या" मा पढेको चाँगुनारायण सम्बन्धि धेरै जसो कुराहरु गलत साबित भएका छन् ।

nirmala mani adhikary said...

Well done Amol!

Anonymous said...

dherai kuraharu padhna paiyoo timro lekhma.ani yo padhyo pachi tahaha paiyo ki jun kura haru hamle hamro child level ma padheko thiyou NEPAL ko history bhanera, yo ta galat rahecha.satya tathya kura bahiora nikalna sakeko ma timilai badhai cha .