Friday, April 24, 2009

MANDEV WAS NOT THE KING WHO BUILT CHANGUNARAYAN..

हामीले हाम्रो पाठ्यपुस्तकमा अहिले सम्मा चाङ्गुनारायण मनदेवले बनाएका हुन भनेर पढ्यौं। तर हामी सत्य भन्दा धेरै पर रहेछौँ। पढ्नुहोस् तलको लेख:
चाङ्गुनारायण स्थापना राजा मानदेवले गरेका हुन भन्नु झुठो कुरा हो। राजा हरिदत्त बर्माले उपत्यका भित्रका चार नारायणको मन्दिर बनाइदिएको भनि लेखिएको पाईएको छ जसमध्ये एउटा चाङ्गुनारायण भनिएपनी त्यो ईङ्गुनारायण पनि हुनसक्ने तर्फ चाङ्गुनारायणका मूल पूजारी चक्रधरानन्द राजउपाद्यय जोड दिन्छन। तर पर्याप्त प्रमाढको अभाबमा हरिदत्त बर्माले नै चाङ्गुनारायणको निर्माण कर्ता भन्न सकिन्छ। अब मानदेवचाहीँ चाङ्गुनारायणको निर्माण कर्ता किन पनि होइनन भने
१) मानदेव हरिदत्त बर्मा भन्दा नौं पुस्ता पछीका राजा हुन। अब यहाँ, नौ पुस्ता आघिका राजाले मन्दिर बनाए र नौ पुस्ता पछीकाले मुर्ती स्थापना गरे भन्नु कति तर्कसंगत हुन्छ?
२) राजा मानदेवको अभीलेखमा पनि, राजा मानदेवले चाङ्गुनारायणको स्थापना, उनले मन्दिर बनाईदिएको कुरा, उनले जिर्णोउद्दार गरेको कुरा कुनै पनि अँकित छैन। तर तेही अभीलेखमा राजा मानदेवले चाङ्गुनारायणको गुठीको लागि जमिन चढाएको कुरा चाहीँ छ । अब भन्नुहोस् मानदेवले चाङ्गुनारायणको मुर्ती स्थापना गरेका भए, मन्दिर बनाको भये र जिर्णोउद्दार गरेको भए, त्यो कुरा किन लेखिएन जबकी जमिन चढाएको कुरा लेखिएको छ। सँग-सँगै तेही अभीलेखको सुरुमै तीनै लोकको कल-पुर्जा घुमाउन सक्ने खालका शक्तिशाली, डोलागीरिमा हरी हुनुहुन्छ भन्नेकुरा लेखिएको छ- भन्नाले मानदेव आउनु भन्दा अगाढिनै यहाँ हरी भैसकेको वा रहिसकेको कुरा स्पस्ट हुन्छ। यो भयो बि।सम ५२१ को कुरा- राजा मानदेवको अभीलेख बि।सम ५२१ को हो। त्यसबेला मानदेवको लिपी पढ्न सकिएन, तर मानदेवको हो भन्ने कुरा चाँही थाहा भयो। तेती थाहा हुने बित्तिकै हचुवाको भरमा राजा मानदेवले चाङ्गुनारायणको स्थापना गरेका हुन भनि पढाईयो, आहिलेसम्मा त्यो प्रचलन अझै बाँकी छ।

8 comments:

Kumar said...

i guess this post will awake our archaeologist,,,,what do u say???

Amol said...

I too feel the same...

शेखर के सी said...

साथीले धेरै महत्वपुर्ण र अचम्म लाग्दा कुराहरु लेख्नु भारैछ । कक्षा ८ तिर "वातावरण र जनसंख्या" मा पढेको चाँगुनारायण सम्बन्धि धेरै जसो कुराहरु गलत साबित भएका छन् ।

दीपक जडित said...

ईतिहासमा लेखिएका सबै कुरा सही नै हुन्छन् भन्ने कहाँ हुन्छ र तर नयाँ तथ्त फेला नपरेसम्म लेखिएकोलाई सही भन्नै पर्छ । ईतिहासमा कतिपय कुरा भूलवश गलत लेखिएका हुन्छन् त कतिपय नियतवश - यसरी नै हो तथ्य फेला पारेर प्रकाशमा ल्याए सत्य अगाडी आउने । खुशी लाग्यो तपाईँको यो ऐतिहासिक जानकारी सहितको पोष्टमा आईपुग्दा ।

आकार said...

खोजि र चाख को विषय !
निकै रोचक प्रस्तुती ! के गर्ने यहाँ इतिहास को गलत व्याख्या सँधै हुने गर्छ ।

dai said...

Interesting!

sansar said...

great bhai.... taile bhaneko kura malai sachchai chitta bujhyo.. go ahead....
nepali eetihash ka barem yesta hachuwa kura haru jati chhan tee sabai pathak ma chharlangga parnu parchha ra bidhyarthi harulai padhainu hudaina.

ramita said...

It is true that mandev haven't built changu narayan. I m totally agree with u but i just want to add what i know about it. Mandev was a 4th king of Lichchhavi dyanasty that he had written in the incription but according to the inscription of amshuvarma , mandev was a 41th king of lichchhavi dynasty and he himself was 58th king of this dynasty....this shows that mandev haven't built changu narayan. He just placed pillar of garuda near the temple.And who had built changu narayan and pasupati is still in controvery. Because both the temple was built before the rulling of lichchhavi dynasty. I may be wrong but it is fact that i have read in my course book . (History of Nepalese Architecture)